साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भक्तपुर सुसेली मञ्चको आठौं शृङ्खला

मञ्चका अध्यक्ष रामशरण न्यौपानेको सभापतित्व तथा ९२ वर्षका सूर्यकान्त गेलाल, पूर्व जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल हुनुहुन्थ्याे ।

Nepal Telecom ad

भक्तपुर, २०८१ जेठ १५ । भक्तपुर सुसेली मञ्चको आठौं शृङ्खलाको कार्यक्रम सम्पन्न भएकाे छ ।

सुसेली मञ्चकी सदस्य सावित्री गेलालको निवास चा न पा ३ गेलाल गाउँमा मञ्चका अध्यक्ष रामशरण न्यौपानेको सभापतित्व तथा ९२ वर्षका सूर्यकान्त गेलाल, पूर्व जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, चागुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेल, फेडोल साहित्य प्रतिष्ठानका अध्यक्ष राममणि ढुङ्गेल अतिथि रहनु भएकाे थियाे ।

कार्यक्रममा आफ्ना रचना वाचन गर्नुहुनेहरूमा मञ्चका कोषाध्यक्ष बि के माकजू , सावित्री गेलाल, सहसचिव विश्वनाथ ढुङ्गेल, सदस्य सालिकराम दाहाल, दधिराम गेलाल, टीकाराम गेलाल, नम्रता खनाल गेलाल, लालबहादुर भुजेल, राममणि ढुङ्गेल, डिल्लीप्रसाद मूलतिहुन हुनुहुन्थ्यो ।

दर्शक स्रोताका रूपमा सगुन गेलाल, रुपक गेलाल, मधु गेलालको उपस्थिति रह्यो । कार्यक्रमा अतिथि नवराज गेलालले साहित्यले सबैलाई उर्जा दिने कुरा राख्दै अहिले भक्तपुर सुसेली मञ्चका गतिविधि बढ्दै गएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गरी शुभकामना व्यक्त गर्नुभएको थियोे ।

अन्त्यमा सभापति रामशरण न्यौपानेले सुसेलीका बारेमा प्रकाश पार्दै आफ्ना रसयुक्त दस सुसेली वाचन गरी आठौं शृङ्खलाको कार्यक्रमको जिम्मा लिएर सम्पूर्ण कुराको ब्यवस्थापन गर्ने मधु,सावित्री गेलाल लगायत सबैलाई धन्यवाद दिएर कार्यक्रम समापन गर्नुभएको थियोे ।

कार्यक्रम मञ्चका सचिव डिल्लीप्रसाद मूलतिहुनले सञ्चालन गर्नुभएको थियो ।

०००
– डिल्लीप्रसाद मूलतिहुनद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x