साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आचार्य र पौडेलको स्वरमा ‘उठ हे युवा’ गीत सार्वजनिक

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियबन्दनाले गीतले देश र युवाको समस्या उठान गरेको र शब्दहरूले मष्तिष्कलाई छोएको बताउनु भयाे ।

Nepal Telecom ad

मकवानपुर, २०८१ जेठ १५ । पुरूषोत्तम आचार्यद्वारा लिखित ‘उठ हे युवा’ बोलको गीत लेखक स्वयम् र हरि पौड्यालको स्वरमा सार्वजनिक गरिएको छ । औपचारिक कार्यक्रमका क्रममा याे गीत प्रत्यक्ष गायनका साथ सार्वजनिक गरिएको हो ।

सार्वजनीकिकरणमा ३ टिप्पणीकर्ताहरूले गायन र सिर्जनामाथि बोल्नुभ‌एको थियो । सोहीक्रममा नवसर्जक नेपालका महासचिव समर्पण न्यौपानेले गीतले युवाको भूमिका, क्रान्तिका कुरा, परिवर्तनका मुद्दा उठान गर्नुका साथै आम मानिसका जनजीविकाका कुराबारे बोलेको छ उहाँले शाब्दिक त्रुटी सुधार हुनुपर्ने विषयबारे टिप्पणी गर्नुभयो ।

नेपाल प्रज्ञा प्रतिष्ठान काव्य विभाग सदस्य शान्ति प्रियबन्दनाले गीतले देश र युवाको समस्या उठान गरेको र शब्दहरूले मष्तिष्कलाई छोएकोले यस्तै वा अझ सशक्त सिर्जना भविष्यमा पनि आउने अपेक्षा रहेको बताउनुभयो ।

साहित्य सङ्गम तथा नवसाहित्य अनलाइनका सल्लाहकार श्यामकुमार बानियाँले कविता, गजल, गीत लेखनका साथसाथै गायनमा समेत सक्रिय आचार्यका ‘म हुँ पुतली’, ‘घाम त झुल्क्यो’, ‘उठ हे युवा’ गीतहरूले उहाँको परिचय बनिसकेको र भविष्यमा अझ सुन्दर सिर्जना हुने अपेक्षाका साथ रेकर्डिङमा शब्दलाई सङ्गीतले न्याय गर्न नसकेको आफूले महशुस गरेको बताउँदै गीतमाथि आफ्ना टिप्पणी राख्नुभयो ।

साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाले आशा जगाउने गीतमार्फत् युवालाई यही माटोमा रहेर आफ्नो कर्म गर्न प्रेरित गर्ने कालजयी गीत बनेको बताउँदै समपूर्ण साहित्यिक संस्थाका तर्फबाट प्रतिनिधित्व गर्दै शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रमका क्रममा गायकद्वय हरि पौड्याल र पुरूषोत्तम आचार्यले ‘उठ हे युवा’ गीत गाउनुभ‌एको थियो ।

गीतकार तथा कार्यक्रमका प्रमुख अतिथि सुवासचन्द्र ढुङ्गेलले दिनेश अधिकारीको गीतका हरफ वाचन गर्दै काठमाडौँमा समेत गीतमाथि यसरी चर्चा कमै हुने गरेको बताउँदै गीतको शब्दको तौल अनुसार सङ्गीत र गायनले त्यसलाई अझ सुन्दर बनसुनर भन्दै गुल्जार र जगजीत सिंहका प्रसङ्गहरू जोड्नुभयो । उहाँले
देशभक्तिका गीत सुन्ने चलन हराइरहेको ‘ड्राइ एरिया’ मा गीत निर्माण हुनु नै सर्जकहरूको सफलता रहेको बताउनुभयो ।

ढुङ्गेल विगत ४५/४६ वर्षदेखि गीत लेखनमा सक्रिय हुनुहुन्छ भने ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘चोट के हो व्यथा के हो’ लगायत सयौँ गीतका स्रष्टा समेत हुनुहुन्छ ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक तथा कार्यक्रमका सभाध्यक्ष निमेष निखिलले मानव संवेदनासँग सबैभन्दा सजिलै जोडिने साहित्य, गीत, सङ्गीतका रचना भ‌एकोले आचार्य तथा पौडेलका सो गीतले अज परिवर्तनको बाहक बन्ने अपेक्षाका साथ उपस्थित सबैमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा मकवानपुर आसपासका साहित्य सर्जक, साहित्य सेवी, विभिन्न कार्यालयका कर्मचारी, पत्रकारलगायतको उपस्थिति रहेको थियो ।

गाउँमा घाँसका भारी बोक्दै गीत सिर्जना र गायन गर्दै आएको बताउँदै गायक आचार्यले गीत सिर्जनाका लागि आरम्भ सी, वाद्यवादक, एरेञ्जरका साथै कार्यक्रम स्थल निशुल्क उपलब्ध गराउने रोयल प्यालेस तथा सर्जकहरूको प्रेरणा र आत्मियता अनि निरन्तरको सम्बन्ध नै आफ्नो सिर्जनामा प्रेरणा मिलेकोमा सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

वर्षातका कारण तोकिएको समयभन्दा केही ढिला सुरू भ‌एको कार्यक्रम समयमैँ सकिएको आयोजकले जनाएको छ भने सो कार्यक्रमलाई पत्रकार तथा गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणले सहजीकरण गर्नुभ‌एको हो ।

०००
– संप्रस पाैड्यालद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x