साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गणतन्त्रको शुभकामना

सहीलाई सही देख्ने गलतलाई गलत देख्ने कानुनको चस्मा लाउनु होला यो जङ्गलमा हरियाली ल्याउँदै खुशियाली र शान्ति छाउनु होला नत्र कुकुरले न पाएको दु:ख पाउनु होला ।

Nepal Telecom ad

प्रेम वली ढकलपुरे :

यो पाली जङ्गलतिर पनि गणतन्त्र आएछ
त्यहाँ पनि गणतन्त्र भव्यरूपमा मनाउने कार्यक्रम भएछ ।
जङ्गलको एक मैदानमा
एक हुल बाँदरहरु जुलुस गर्दै आए
गणतन्त्र जिन्दावाद भन्दै नारा घन्काए
अर्को हुल स्यालहरु आए
उनीहरुले पनि हाम्रो नेता महान भन्दै नारा रन्काए ।
अयोजक स्यालबहादुरले हातमा माइक लिँदै, स्वागत मन्तव्य दिँदै भने ।

आज उपस्थित दिदीबैनी, दाजुभाइ ,अनि काकाहरु
महान गणतन्त्रका महान डाकाहरु (त्यहा नेताहरुलाई डाका भनिदो रहेछ)
हाम्रो कार्यक्रममा नआए पनि
टाढैबाट नजर अन्दाज गरिरहनु भएका यस जङ्गलका पूर्व राजा सिहज्यू
फ्याउरा, हुट्टीट्याँ मन्त्री
अनि मन्त्रीका सन्त्री
सबैलाइ एकमुस्ट स्वागतम ।
यसभन्दा पहिले जङ्गलका महान डाकाज्यूहरुलाई
गणतन्त्र ल्याकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु
बधाई सधैं सबै आँफै लिन चाहन्छु ।

हुन त यहाँ गणतन्त्र
नागरिक समाजले मैले ल्याको भन्ने
पत्रकारले नि मैले ल्याको भन्ने
तर गणतन्त्र लागि जसले ज्यान गुमायो उसलाई कसले गन्ने ?
हुन त गणतन्त्र तपाईंहरुले आफ्नै लागि ल्याको हो
त्यसैले आज यो जङ्गल सखाफ पार्न नि भ्याको हो ।
उदाहरणिय महान डाँकाज्यूहरु
आज
भोज पनि तपाईंहरुले गरी राख्नु भा छ
मोज पनि तपाईंहरु नै गरी राख्नु भा छ
हामीलाई त गण तन्त्र भनेको न थाह छ
न यहाँ हाम्रो लागि गन्तन्त्र यहाँ आ छ
राम्रैसँग त गन्तन्त्र तपाईंहरुलाई पो आ छ
आफ्नै जङ्गलको हाती गधा न चडेर विदेशी हात्ती चड्नु हुन्छ
सुनिन्छ तपाईंहरुका केटाकेटी जङ्गलको स्कुल नपढेर विदेश स्कुलमा पढ्नु हुन्छ
तपाईंहरु आएदेखि सरकारी स्कूल सबै ध्वस्त भा छन्
त्यसैले हाम्रा छोराछोरी पनि ऋण काढेर विदेशतिर गाछन् ।

यती देश लुटेर पनि खै किन ?
हाम्रा माहान गणतन्त्रका महान डाकाहरु बेखुशी हुनुहुन्छ
पालो पालो कुर्सीमा बस्दा नि रुवाबासी गर्नु हुन्छ
कहिले यो पार्टी त्यो पार्टी भन्दै भाले झै जुध्नु हुन्छ
कहिले यता कहिले उता साँढे झै कुद्नु हुन्छ
खै अझै के पुगेन
कोही सहकारी सहकारी भनेर कराउनु हुन्छ
कोही वाइड बडी टेरामक्स भनेर कराउनु हुन्छ
खै के के कुरो मिल्छ तपाईंहरुको
जुलुस नारा हर्तानबाट हराउनु हुन्छ ।
हामी सर्व साधारण प्राणिहरु त
भोकै भए पनि खुशी छौ
रोगै रोग भए पनि खुशी छौ ।
तपाईंहरुले जङ्गल सखाप पारे पछी
खोलानाला स्वाहा पारे पछी
कोहि अरिबियन जुङ्गल पुगेका छौं
कोहि कोरियन जङ्गल झरेका छौं
उता पसिना बगाएर भए पनि
यता घर परिवारको भुँडी भरेकाछौ ।

होसियार है गणतन्त्रका महान डाँकाज्यूहरु
यो जङ्गललाई कति गिद्दले झै लुछ्नु हुन्छ
हामीलाई महङ्गी अभावले कति कुच्नु हुन्छ
तपाईंको पारा यस्तै रह्यो भने
त्यो सिंह मौका हेरेर आउन सक्छ
अर्कै रुप फेरेर पनि आउन सक्छ
मेरो शुभ कामना
सहीलाई सही देख्ने गलतलाई गलत देख्ने कानुनको चस्मा लाउनु होला
यो जङ्गलमा हरियाली ल्याउँदै खुशियाली र शान्ति छाउनु होला
नत्र कुकुरले न पाएको दु:ख पाउनु होला ।

०००
घट्टेकुलाे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x