साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुपम सिर्जना प्रतिष्ठान नेपालको १३६ अ‍ौं शृङ्खला

संस्थाका अध्यक्ष महाकवि भुवनहरि सिग्देलको अध्यक्षता र कविवर जगदीश्वर पोख्रेलको सहजीकरणमा सञ्चालित सो कार्यक्रममा प्रमुख आमन्त्रित कलानिधि दाहाल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ जेठ १९ । अनुपम सिर्जना प्रतिष्ठान नेपालको १३६ अ‍ौं शृङ्खलाको रचनावाचन आज विद्युतीय सञ्चारको माध्यमबाट सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष महाकवि भुवनहरि सिग्देलको अध्यक्षता र कविवर जगदीश्वर पोख्रेलको सहजीकरणमा सञ्चालित सो कार्यक्रममा प्रमुख आमन्त्रित कलानिधि दाहाल हुनुहुन्थ्यो । विशेष आमन्त्रित कविगणमा पुरुषोत्तम सिग्देल, द्वारिका कुइँकेल, नरनाथ लुइँटेलहरूको सहभागिता रहेको थियो ।

कायर्क्रममा झण्डै २ दर्जन कविगणको शालीन उपस्थितिमा रचनाहरू वाचन गरिएको थियो । गङ्गा भण्डारी -कविता “नेपाल” पञ्चचामरमा, चूडा निर्भीक- “बन्दैन देश गतिलो सधैं किन ?” ललिता छन्दमा, वीरबहादुर लोहनी – “नेपाल आमा” लोकलय असारे झ्याउरेमा, वासुदेव ठकुरी- “गणतन्त्र” इन्द्रवज्रामा, बिनुबाबा घिमिरे – २०५८ जेठ १९को स्मृतिपद्य- शार्दूलविक्रीडितमा, दुर्गा अधिकारी – “जात्रा हाँडीगाउँको” सवाई छन्दमा, जितु खड्का- “गन्तव्य” गद्यकविता, हरिप्रसाद चम्लागाई-“कतिका सपना भए रुने” सुरसी छन्दमा, सूर्यकुमार पण्डित – “जेठको गर्मी” पृथ्वी छन्दमा, द्वारिका कुईंकेल- “प्रिय दुश्मन” स्वतन्त्र छन्दमा रचना प्रस्तुत गर्नु भयाे ।

त्यसै गरी सुशील रिजालले- “यो शहर” शिखरिणीमा, गङ्गा लिगल- एक टुक्रा कविता र गजल “नेपाली”, चन्द्रा न्यौपाने- “क्यान्सर र सूर्तीजन्य पदार्थ” गद्यकविता अन्त्यमा २ सुसेली वाचन, कृष्णप्रसाद पौडेल- ” नेता खुबै फेरिए” शार्दूलविक्रीडितमा, लक्ष्मीप्रसाद मिश्र- “श्रद्धाञ्जलि” सुसेलीहरू, सूर्यवदना पण्डित – गजल- सानी थिएँ ठुली भएँ.., नरनाथ लुइँटेल- “वाह लोकतन्त्र, क्या लोकतन्त्र !” गद्यकविता खोलाघरे साहिंलो- “दर” अनुष्टुप् मा,
पुरुषोत्तम सिग्देल -डाक्टर पात्रको कविता- शार्दूलविक्रीडितमा, कलानिधि दाहाल- दार्शनिक कविता “उज्यालो नै उज्यालो छ” अनुष्टुपमा, भुवनहरि सिग्देल- “के बनाएँ जमाना” मन्दाक्रान्तामा, जगदीश्वर- हाँडीगाउँको जात्रा” लोकलयमा रचना प्रस्तुत गर्नु भयाे ।

वाचित रचनामाथि समीक्षक खाेलाघरे साहिँलाेद्वारा समीक्षा गर्दै प्रस्तुत भएका सिर्जना अत्यन्त स्तरीय र भावपूर्ण रहेकाे बताइयाे ।

यति रचनावाचन सकेपछि प्रमुख आमन्त्रित कलानिधि दाहाल र अध्यक्ष भुवनहरि सिग्देलका सारगर्भित मन्तव्यपछि काव्यसभा समापन गरिएकाे थियो ।

०००
– खाेलाघरे साहिँलाेकाे साैजन्यबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x