फित्काैली डटकमपच्चिसौँ मानव पुस्तक तथा रचना वाचन कार्यक्रम सम्पन्न
कवि/गजलकार सुशीला शर्मा धमलाको सटिक उद्घोषणमा वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टको स्वागत मन्तव्य लगत्तै एकेक घण्टा दुई व्यक्तित्वका आनुभविक विचारोत्तेजक आकर्षक मन्तव्य अभिव्यक्त भए।

काठमाडाैं, २०८१ असार ८ । नव पुस्तकालय तथा जेष्ठ नागरिक दुवैका संस्थापक अध्यक्ष विष्णुप्रसाद पन्तको सभापतित्वमा मानवपुस्तकद्वय-पूर्व सचिव, राजदूत, संयुक्त राष्ट्रसङ्घका पूर्व प्रतिनिधि मधुरमण आचार्य, साहित्यकार तथा वरिष्ठ पत्रकार, रचनाका सम्पादक रोचक घिमिरेको प्रमुख आमन्त्रित आतिथ्यमा सम्पन्न भयो।
कवि/गजलकार सुशीला शर्मा धमलाको सटिक उद्घोषणमा वरिष्ठ युरोलोजिष्ट प्रा.डा अर्जुनदेव भट्टको स्वागत मन्तव्य लगत्तै एकेक घण्टा दुई व्यक्तित्वका आनुभविक विचारोत्तेजक आकर्षक मन्तव्य अभिव्यक्त भए।
पहिलो चरण समाप्ति लगत्तै रचना वाचन, शुभकामना, धन्यवादका क्रम सुरु भए। यस क्रममा-कृष्णप्रसाद बस्याल, लव खड्का, शुचिता काफ्ले, सुरेशकुमार भट्ट, निर्मलरमण पराजुली, महेशप्रसाद रिजाल, तेजनाथ दङ्गाल, विजयध्वज थापा, सुन्दर खड्का, रामचन्द्र घपमिरे, दाहाल कल्पना, सावित्री अधिकारी, शिवराज भण्डारी, रविराज खनाल, थरेन्द्र वराल, मुकुन्द पौडेल, रामचन्द्र दाहाल, विनोद दाहाल”वत्स”, वासुदेव गुरागाई, वसन्त रिजाल, माधवलाल श्रेष्ठ, दुर्गा अधिकारी भँमरकोटे, सुशीला शर्मा धमला, हरिभक्त सिग्देल (शभकामना मन्तव्य,जो यस कार्यक्रमका मानस पिता पनि हुन्) कलानिधि दाहाल (धन्यवाद मन्तव्य), कार्यक्रममा खाजा व्यवस्था महेश रिजालले गरे भने हाजिरी जनाउने काममा मेनुका आचार्य दङ्गालको भूमिक रह्यो।
सभापतिको मन्तव्यसहित विसर्जित हुँदा एघारबाट सुरु भएको कार्यक्र तीन बजे समाप्तिएको थियो।
०००
-कलानिधि दाहालकाे साैजन्यबाट
Subscribe
Login
0 Comments
Oldest






































