साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाल भाषा खलः, मकवानपुरद्वारा प्रतियोगी कविहरूको सूची सार्वजनिक

छनोट गरेका २० कविताका सर्जकहरूमध्ये मकवानपुरका ९ रहेका छन् भने सिन्धुली र चितवनका २, म्याग्दी, बैतडी, कास्की, अर्घाखाँची, काभ्रेपलाञ्चोक र धादिङका १/१ (ठेगाना उल्लेख नभएका १) रहेका छन् ।

Nepal Telecom ad

मकवानपुर, २०८१ श्रावण ४ । नेपाल भाषा खलः मकवानपुरले २० प्रतियोगी कविहरूको सूची सार्वजनिक गरेको छ ।

संस्थाले हरेक वर्ष कविता प्रतियोगिता गर्दै आइरहेकोले यो वर्ष पनि लोककवि गणेशलाल श्रेष्ठको स्मृतिमा प्रतियोगिता आयोजना भएको हो ।

मूल्याङ्कन समितिले छनोट गरेका २० कविताका सर्जकहरूमध्ये मकवानपुरका ९ रहेका छन् भने सिन्धुली र चितवनका २, म्याग्दी, बैतडी, कास्की, अर्घाखाँची, काभ्रेपलाञ्चोक र धादिङका १/१ (ठेगाना उल्लेख नभएका १) रहेका छन् । सूचीमा विद्यालय तहमा अध्ययन गर्दै गरेका नवसर्जकदेखि निरन्तर लेखनमा सक्रिय स्रष्टाहरू अटेका छन् ।

लोककवि गणेशलाल श्रेष्ठको ११३औँ जन्मजयन्तीको अवसरमा श्रावण ५ गते रचना वाचन तथा पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा पुरस्कार राशि प्रथम १५ हजार, द्वितीय १० हजार, तृतीय ५ हजार र सान्त्वना ३ हजार रहेको छ । सोही कार्यक्रमका क्रममा लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य पुरस्कार सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिललाई प्रदान गर्ने भएको छ ।

मकवानपुरको भीमफेदीमा वि.सं. १९६८ मा जन्मिनु भएका श्रेष्ठ कवि, सङ्गीतकार तथा समाजिक अभियानकर्मीको रुपमा परिचित हुनुहुन्थ्यो । नेपाली भाषाका साथसाथै नेपाल (नेवारी) र तामाङ भाषामा समेत साहित्य सिर्जना गर्ने श्रेष्ठका ‘मेरा दुई पुष्पाञ्जली’, निफ्वः स्वाँ, लोकह्वागु म्ये मुना लगायतका गीति सङ्ग्रह प्रकाशनमा रहेका छन् ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x