फित्काैली डटकमफित्कौलीका स्तम्भकार ऋषि बस्ताकोटी सम्मानित
बस्ताकोटीले प्रवासमा पुगेका नेपालीहरु पलायन मात्र भएका नभई नयाँ ठाउँमा सांस्कृतिक नेपालको निर्माण पनि भएको बताउँदै मुक्तकमा आफूले सिर्जनाको माध्यमबाट आफ्नो मुलुकलाई हेर्न अभ्यास भएको बताए ।

भक्तपुर, २०८१ साउन ८ । सिर्जना अभियान समाजको आयोजनामा मुक्तककार डा.ऋषि बस्ताकोटीसित संवाद तथा मुक्तकसङ्ग्रह विसङ्गत बस्तीमाथि विमर्श गरियो ।
भक्तपुरको गपलीस्थित ड्रिमल्याण्ड किचेनमा आयोजित सो कार्यक्रममा समाजका सचिव एवं कथाकार ध्रुव मधिकर्मीले चार हरफबाट पनि महत्वपूर्ण विषय सम्प्रेषण गर्ने क्षमता राख्ने विधा मुक्तक भएको बताउँदै विसङ्गत बस्तीभित्रका मुक्तकले आजको विविध समसामयिक विषयलाई सरल ढंगले प्रभावकारी रुपमा अभिव्यक्त गरेका छन् भने ।
मुक्तककार ऋषि बस्ताकोटीले प्रवासमा पुगेका नेपालीहरु पलायन मात्र भएका नभई नयाँ ठाउँमा सांस्कृतिक नेपालको निर्माण पनि भएको बताउँदै मुक्तकमा आफूले सिर्जनाको माध्यमबाट आफ्नो मुलुकलाई हेर्न अभ्यास भएको बताए ।
कार्यक्रमका संयोजक डा. हिमलाल श्रेष्ठले स्रष्टा बस्ताकोटीको परिचय दिंदै विदेशमा रहेर पनि सिर्जना कर्म गरिरहनुका साथै पर्यावरणीय चेतना तथा साहित्यिक क्षेत्रमा विविध गतिविधि गर्दै आएका स्रष्टा भएको बताए ।
कार्यक्रममा मुक्तककार डा.ऋषि बस्ताकोटीलाई आयोजक संस्थाकातर्फबाट साहित्यकार ध्रुव मधिकर्मीले सम्मान गरेका थिए।
कार्यक्रममा स्रष्टा बस्ताकोटीले आफ्ना केही मुक्तकहरु वाचन गर्नुका साथ उनीसित मुक्तक लेखन र विदेशमा नेपाली साहित्यको अवस्थाबारे शमशेरबहादुर न्हुच्छेप्रधान, गोकुल अधिकारी, राजेशमान केसी, बुद्धिकुमार घो, पदमा खयरगोली, हरिगोविन्द भोमी, खेम विश्वकर्मा लगायतले संवाद गरेका थिए ।
कार्यक्रममा स्रष्टाहरु नवराज शर्मा, सुरेन्द्रलाल भुजू , नवराज पुडासैनी, सन्तोष श्रेष्ठ, हरिकृष्ण बखुन्छे, लक्ष्मी बैद्य, राजेश थापा, चैतन्य अधिकारी लगायतका व्यक्तिहरुको सहभागिता थियो ।
आँपपिपल गोरखामा जन्मेका स्रष्टा बस्ताकोटी हाल अमेरिकाको नर्थ क्यारोलाइनामा बस्छन् । उनी फित्कौलीमा व्यङ्ग्य मुक्तकहरूको नियमित स्तम्भ बेलाकाे बोलीका स्तम्भकार समेत हुन् ।
फित्काैली द्वैमासिकका विशिष्ट सदश्य डा. बस्ताकाेटीलाई फित्काैलीकाे पनि हार्दिक बधाई ।
०००
Subscribe
Login
0 Comments
Oldest







































