साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन् बाबु आमा बुढा

राखी मान र सानमा दिनदिनै यी बाबु आमाकन धानौँला सुख साथ कर्म पथमा लागेर यो जीवन भन्छन् आसिक वृद्धको लिनु सधैँ बालेर ताप्नु मुढा के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

बारी खेत ठुलो छ गाउँ घरमा बाँझो छ पाटो सब
बाली नै फल फूल अन्न सबको लाइन्छ फोरी अब
धानी उच्च गृहस्थ यो मुलुकमै खाइन्छ घोटी घुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा॥१

पुर्खाले पुरुषार्थ झन् कति गरे नेपाल जोगाउन
नेपाली जन छैन सक्षम अझै ऊर्जा यहाँ लाउन
आफ्नै देश बनाउने विषयमा बोकिन्छ पर्दा खुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा॥२

खानी जङ्गल छन् जडी वनबुटी लाखौँ खजाना अनि
हाम्रो रम्य विशाल यो मुलुकमा पाइन्छ हो जे पनि
गर्ने उद्यम हात पाउ पनि यी छैनन् नि मेरा डुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा॥३

आफ्नो काम गरेर खान कसले रोकेर रोकिन्छ र?
मान्छेको अधिकार यो मुलुकको कस्ले कहाँ छिन्छ र
पन्छीले पनि पेट पाल्छ बनमा घोटेर आफ्ना ठुँडा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा॥४

राखी मान र सानमा दिनदिनै यी बाबु आमाकन
धानौँला सुख साथ कर्म पथमा लागेर यो जीवन
भन्छन् आसिक वृद्धको लिनु सधैँ बालेर ताप्नु मुढा
के जाइन्छ विदेशमा अब सँगी छन् बाबु आमा बुढा॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x