
डाक्टरकै शरीरमा रोग कुष्ट
यिनीहरू छिमेकी खुशी पार्न माहिर छन् हेर त दाइको निमित्त भाइ दुष्ट देखियो ।

मरूभूमि नारायण :
सरकारमा भ्रष्ट मन्त्री हुन्छ प्रष्ट देखियो
गेरुवस्त्र गिरीधारीलाई पूरै कष्ट देखियो ।
महिला अधिकारका कुरा गर्दछन् यिनै
मुखमा राम बगलीमा छुरा स्पष्ट देखियो ।
साँढेकै मीठो दूधले नुहाएकै छु भने पनि
सरकारमा ख्यातिप्राप्त त्यै भ्रष्ट देखियो ।
परचक्री सत्ता ढाल्दछन् बनाउँछन् सधैं
के गर्ने यिनको लक्ष नै अस्पष्ट देखियो ।
यिनीहरू छिमेकी खुशी पार्न माहिर छन्
हेर त दाइको निमित्त भाइ दुष्ट देखियो ।
पाश्चात्यको पादरी नै हुलेर पाद्न लगाए
डलरकै अगि मानवीय ज्ञान नष्ट देखियो ।
जो लागिरह्यो निरन्तर निर्मूल पार्न भनी
त्यो डाक्टरकै शरीरमा रोग कुष्ट देखियो ।
०००
तनहूँ
Subscribe
Login
0 Comments
Oldest