साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टरकै शरीरमा रोग कुष्ट

यिनीहरू छिमेकी खुशी पार्न माहिर छन् हेर त दाइको निमित्त भाइ दुष्ट देखियो ।

Nepal Telecom ad

मरूभूमि नारायण :

सरकारमा भ्रष्ट मन्त्री हुन्छ प्रष्ट देखियो
गेरुवस्त्र गिरीधारीलाई पूरै कष्ट देखियो ।

महिला अधिकारका कुरा गर्दछन् यिनै
मुखमा राम बगलीमा छुरा स्पष्ट देखियो ।

साँढेकै मीठो दूधले नुहाएकै छु भने पनि
सरकारमा ख्यातिप्राप्त त्यै भ्रष्ट देखियो ।

परचक्री सत्ता ढाल्दछन् बनाउँछन् सधैं
के गर्ने यिनको लक्ष नै अस्पष्ट देखियो ।

यिनीहरू छिमेकी खुशी पार्न माहिर छन्
हेर त दाइको निमित्त भाइ दुष्ट देखियो ।

पाश्चात्यको पादरी नै हुलेर पाद्न लगाए
डलरकै अगि मानवीय ज्ञान नष्ट देखियो ।

जो लागिरह्यो निरन्तर निर्मूल पार्न भनी
त्यो डाक्टरकै शरीरमा रोग कुष्ट देखियो ।

०००
तनहूँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
सडकमा व्यापक तमासा छ

सडकमा व्यापक तमासा छ

मरुभूमि नारायण
अब हेर्नुपर्छ

अब हेर्नुपर्छ

मरुभूमि नारायण
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x