वासुदेव तिमल्सिनाकुसुन्ती
हेल्लो राजु ! त्यो मासुको डेक्चीबाट कुसुन्तीलाई हटाएर माछाको डेक्चीतिर सारिदे अनि माछाको डेक्चीमा बसेको त्यो लठुवालाई मासुको डेक्चीतिर सारिदे त । अनि एकछिन पछि त्यहाँको माहोलबारे मलाई खबर गर ।

बासुदेव तिमल्सिना :
“म्यानेजरजी ! मेरो त बेइज्जत नै हुने भो । खसीको मासुमा जन्तीको लाइन छ, माछा त कसैले खाएकै छैन । मासु सकियो भने के होला ?”
बेहुलीको बाबुले इभेन्ट म्यानेजरसँग भावी पर्न सक्ने समस्या राख्यो ।
म्यानेजरले ढाडस दियो, “चिन्ता नगर्नोस् । म त्यसको उपाय निकाल्छु ।”
म्यानेजरले तुरुन्तै मोबाइल थिच्यो र राजुलाई आदेश दियो, “हेल्लो राजु ! त्यो मासुको डेक्चीबाट कुसुन्तीलाई हटाएर माछाको डेक्चीतिर सारिदे अनि माछाको डेक्चीमा बसेको त्यो लठुवालाई मासुको डेक्चीतिर सारिदे त । अनि एकछिन पछि त्यहाँको माहोलबारे मलाई खबर गर ।”
एकछिन पछि म्यानेजरलाई राजुको फोन आयो, “अहिले मासुतिर कोही पनि छैन । सबैजना माछाको डेक्चीतिर लागे ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest






































