साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजधानी गनायो

टामा बग्छ नाली; ढल पनि गतिलो छैन दुर्गन्ध खालि । बाटामा पिच्च थुक्छन्; कफभरि छ झिँगा भन्किँदै मार्छ ताली । छेवैमा छन् पकौडा पसल चटपटे; पान पत्ता लगायो । चौपायाको सिनोको; हरक छ नमिठो ;राजधानी गनायो ।

Nepal Telecom ad

विष्णुहरि पौडेल :

देखिन्थ्यो नागढुङ्गा तल शहर सफा फिर्फिरे राष्ट्र झण्डा ।
शोभा बालाजुको कान्तिपुर गजुरको, बज्दथे शंख घण्टा ।
थोत्रा पाटी र पानी रहित मरुहिटी तुच्छ कस्ले बनायो ?
जे हेर्‍यो त्यै सडेको बनकर-पुर झैं राजधानी गनायो ।१।

बाटामा छैन बत्ती,सडक असजिलो टन्न खाल्टा र खुल्टी ।
वर्षामा जम्छ पानी,वरपर छ हिलो,कार मार्छन् डुबुल्की ।
गल्लीमा हिँड्न सास्ती; बयल,कुकुरको बिग्बिगीले सतायो ।
छैनन् इक्षुमती नै; ढलमति भइछिन्; राजधानी गनायो ।२।

धूलो धूवाँ छ हेर्दा हर मिसिन चली फाल्छ आबाज चर्को ।
ट्याँ ट्याँ गर्छन् सबारी; ध्वनि छ करकशे; दिन्दिनै सुन्न झर्को ।
पेटी ढाकेर बस्ने;सडक पसल छन्; बेथिती सल्बलायो ।
पानी नै छैन काकाकुल सरि जनता, राजधानी गनायो ।३।

बाटोमा छैन शौचालय सुलभ कहाँ फेर्नु च्यापे पिसाब ?
भेटे एकाध चर्पी हरक अति कडा गन्दगी बेहिसाब ।
चल्नै गाह्रो छ झन्; पैदल अति घुचुरो; ठेलिने नै गरायो ।
थुप्रै विश्राम गर्ने स्थलतिर कचरा; राजधानी गनायो ।४।

चौबाटो, चोक, गल्ली; छिचलि-नसकिने खात फोहोर डाला ।
लाम्खुट्टे रोग सार्छन्; घर घर सरुवा रोग झाडा पखाला ।
साँढे, बाच्छा र छडा कुकुर विनसिती; चेतकासी गरायो ।
मुर्दाको दाहले झन् पशुपति धमिलो राजधानी गनायो ।५।

बाटामा बग्छ नाली; ढल पनि गतिलो छैन दुर्गन्ध खालि ।
बाटामा पिच्च थुक्छन्; कफभरि छ झिँगा भन्किँदै मार्छ ताली ।
छेवैमा छन् पकौडा पसल चटपटे; पान पत्ता लगायो ।
चौपायाको सिनोको; हरक छ नमिठो ;राजधानी गनायो ।६।

नेता नाथे भएछन्; घुस कमिसनको; स्वार्थले ग्रस्त मस्त ।
डम्पिङ्-साईड भन्दै; नगद हजम भो; अर्ब खर्चे प्रशस्त ।
हाला गुह्येकिराको; सरि छ शहरिया चेतना नै गुमायो ।
नौलो नेतृत्व बन्ला; कि त अब अगुवा; राजधानी गनायो ।७।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गलगाँड भयो

गलगाँड भयो

विष्णुहरि पाैडेल
भोकतन्त्र

भोकतन्त्र

विष्णुहरि पाैडेल
देश बरवाद भयो

देश बरवाद भयो

विष्णुहरि पाैडेल
आधुनिक शिक्षा

आधुनिक शिक्षा

विष्णुहरि पाैडेल
आशाको आत्मदाह

आशाको आत्मदाह

विष्णुहरि पाैडेल
मूल्याङ्कन

मूल्याङ्कन

विष्णुहरि पाैडेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x