साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सम्मानित महोदयको मन्तव्य

हाम्रो हालत त्यस्तो त होइन । हाम्रो राम्रो पाटोलाई सम्मान गरियो । खुशी नै छु भित्र भित्र लाज लागे पनि । लहड चलेर पनि जथाभावी लेखियो, यो दिन देखियो । हामीबाट लेखिने सम्भावना छ ।

Nepal Telecom ad

धनराज गिरी :

झारपात उत्थान साहित्यिक मञ्चद्वारा सभ्य पाराले भव्य साहित्यिक कार्यक्रमको आयोजना गरियो । मुख्य आकर्षण : पाँच पाण्डव र द्रौपदीका साथमा कर्णलाई पनि साहित्यिक सम्मान । घटना हो त्रेता युगको । त्यतिखेर पनि हस्तिनापुर थियो, कार्यक्रम स्थल : नयाँ दिल्ली, धेरै साहित्यिक सिल्लीहरू, आफ्नी विल्लीसहित बेलैमा हाजिर भए । साहित्यिक संस्थाको नाम पनि अनुकरणीय झारपात उत्थान साहित्यिक मञ्च, हुन पनि त्रेतायुगमा साहित्यको हालत झन् खत्तम थियो । १४ वर्षसम्म राम वनवास गए । यता अयोध्यामा भरतले सबै कुरा तहसनहस बनायो । रावणवध गरेर पृथ्वीको भार हरणगरी प्रभु स्वराज्यमा फर्किदा हस्तिनापुर, इन्द्रप्रस्थ, मथुरा, गोकुल, द्वारिका सबैको बेहाल थियो । वेलामा वर्षात् नभएर ११ महिनासम्म अनिकाल, कुन्नि किन हो राजेन्द्र अर्थात् राजा इन्द्र पनि क्रोधित थिए । लाल लाल नेत्र बनाएर सूर्यनारायण पनि प्रचण्ड गर्मी दिएर धरावासीहरूलाई दण्डित गर्न व्यस्त ।

आजको साहित्यिक कार्यक्रममा भने सबै तहका पात्र पात्राहरू हाजिर थिए । “झारपात” शब्द एक विम्ब बन्यो, सम्मानित हुने एक महोदयका मानसपाटलमा । झारपात कहिले कोपिला हुने, कहिले फूल वन्ने, कहिले फल लाग्ने र फल कहिले पाक्ने ? सोच्दा पनि थाक्ने ! यसरी सोच्ने पात्र थियो- नगरनारायण वहादुर तुम्बाहाम्फे । अजब नाम गजबको मान्छे । भीडमा कोभिड होइन, केही चनाखा युवाहरू सल्बलाए ।

एउटा बोल्यो, “दुई जनाको सल्लाह मिलाएर दोसल्ला विनिमय अनुष्ठान त होला नि यो ?”

“अरे यार, आज नयाँ दिल्लीमा, केही समयपछि हेर्नु, भोपाल र मेरठमा आज सम्मान गर्ने सबै सम्मानित हुनेछन् । महान् साहित्यकार बनी ‘नेपाल साहित्य रत्न’ को ट्याग भिरेर व्यागभरि दुष्यन्त कुमार, बशीर बद्र, राहत इन्दौरी, गालिब आदिका गजल सङ्ग्रह लिएर गाजल बोज्दै फर्कनेछन् । आलो पालो, भिनाजु र सालो । यही हो चलन, नपाउनेलाई जलन, गुणवत्ता स्खलन ।” असन्तुष्ट युवाहरू पदोन्नति नपाएका राष्ट्रसेवकहरूझै आफ्ना कुण्ठा विरेचन गर्दै बसिरहे । यता उद्घोषक नीरजकान्त लौडारी एक शेर गजलसहित आफ्नो दायित्व निर्वाह गर्न हाजिर भयो-

“भूरकान्त झारपात सारालाई सलाम !

हाम्रा लागि वरदान – मोदी अब्दुल कलाम !”

इण्डियामा कार्यक्रम भएकाले पानीभित्र रहेर गोहीसित दुश्मनी गर्ने कुरा आएन । प्रलय नआओस् भनेर नीरजले लय मिलायो । यति, गति, सुर, ताल, चारतारे लाल सबैलाई समानुपतिक सम्मान दिएर मञ्चमा बोलायो, एकछिन् टोलायो । ठीक त्यतिखेर हलमा दामिनी सौदामिनी कामिनी चञ्चला रूपवतीको प्रवेश भयो । उनलाई पनि पुष्प गुच्छा र खादासहित आसनग्रहण गराइयो । डा. भुवन मोहनीलाई प्रमुख अतिथि बनाइयो । भोपालमा “जय नेपाल” भन्न पाइने रहेछ । कार्यक्रम स्थल वरिपरि रुखै रुख, परमसुख, सुकेन मुख !

घाम आज वेरोजगार । रामराज्य । वामनगर धेरै टाढा, रामनगर धेरै नजीक ! सम्पूणर् परम्परा रीत रिवाज पूणर् गरेपछि हरेक सम्मानित महोदय र महोदयाका बारेमा फरक फरक शैलीमा प्रायोजित पात्रहरूले बोले । सालाखाला भनाइ उही थियो। सारमा “उहाँहरूले गर्दा नै हाम्रो नेपाली साहित्य धानिएको छ । नगरमा हुनुपर्ने साहित्यकाहरू बगरमा पुग्नुभएको छ । प्रज्ञामा हुनुपर्ने प्राज्ञहरू गङ्गामा डुबेर आत्महत्या गर्नुपर्ने परिस्थिति छ । कार हुनुपर्नेलाई सरकारले बेकार मान्दछ । अझै पनि नेपाली समाजले इण्डियामा रहेर पनि साहित्यलाई अनुत्पादक भन्ने गरेको छ । प्लेटोका अवतारहरू समाजमा जता पनि पाइन्छन् । तर हाम्रो संस्था झारपात उत्थान मञ्चले बुद्धि मात्र होइन, विवेक पनि पुऱ्याएको छ । पाँचपाण्डव, कणर् र द्रौपदीको महत्व हरेक युगमा हुनेछ । यो एक ऐतिहासिक, पौराणिक विम्ब पनि हो । उहाँहरूलाई सम्मान गरेर झारपात संस्था आँफू पनि सम्मानित भएको छ । अझ भनौँ सम्पूणर् नेपाली साहित्य सम्मानित भएको छ । यस्ता होनहार स्वनामधन्य साहित्यकारहरूको पूरा भूगोल भरि सम्मान गर्नुपर्दछ, हुनुपर्दछ । रथयात्रा होइन, अभिनन्दन गरेर रेल यात्रा गराउनु पर्दछ । मैले रेल यात्रा भनेको, फेरि जेल यात्रा सुन्नुहोला नि ? समय छोटो छ, उहाँहरूका बारेमा एक वर्षभरि बोले पनि कम हुन्छ, बरु बोल्नेलाई नै दम हुन्छ । लौ त नि, धन्यवाद । हार्दिक बधाईं, सम्पूर्ण झारपात परिवारलाई !”

पालो आयो लौडारीको, “अब सम्मानित स्रष्टाहरूका तर्फबाट सम्मानित महोदय नगदनारायण बहादूर तुम्वाहाम्फे लाई सविनय अनुरोध गर्दछु, समय अन लिमिटेड, उहाँले बोलेको सुनिरहन मनलाग्छ ।”

“सम्पूणर् झारपात समूहलाई धन्यवाद, सम्बोधन यथोचित । मलाई आजको दिनमा यो संस्थाको नाम चाहिँ निकै सही र सटीक लाग्यो, झारपातलाई कोटी कोटी प्रणाम ! म पनि यही समूहको सदस्य हुँ भन्दा मलाई गौरवानुभूति हुन्छ । खुशीले आँखाबाट आँसु छचल्किन्छ । आज अति प्रसन्न छु । जीवनमा खुशी फाट्टफुट्ट हो । जीवनको मूल प्रवाह त दुःख नै हो । बुद्धले भन्नुभन्दा अघि पनि दुःख थियो । न्यूटनले भन्नु अघि पनि स्याउ भेट्नुबाट पदच्यूत भएपछि आकाशतिर जाँदैन थियो । कार्लमार्क्स अघि पनि यस धरतीमा साम्यवाद थियो । साथी झारपातहरू, हामीलाई निकै असल र योग्य मानेर सम्मान गरिएको होला, हामी १००% असल होइनौँ । खराब काम गर्ने हिम्मत नभएर असल काम गर्न विवश भएका हौ । राम्रोसित मान्छेलाई चिन्नु जोखिम हुन्छ । कहिलेकाहीँ अज्ञान दुःखको छ । कसैलाई पनि राम्रोसित चिन्ने प्रयास नगरेमा राम्रो । ढाल बन्छ । एउटा अचम्मको ठाउँमा अचम्मको नौलो मान्छेलाई सम्मान गरिएछ । त्यहाँ त्यो सम्मानित महोदयलाई कसैले पनि नचिन्ने । संजोगले ऋषि धमलाजी त्यहाँ पुग्नुभएछ र सत्य थाहा पाएर हमला गर्नुभएछ, “श्रीमान् सम्मानित महोदय, तपाईंलाई यहाँ कसैले पनि राम्रोसित चिन्दैनन् भन्ने कुरा जानकारीमा आयो, कसरी यत्रो सम्मान पाउनुभयो ? जनता जान्न चाहन्छन् प्रभू !” सम्मानित महोदय मृदुमुस्कानसहित मीठो बोलीमा प्रकट भएछन्, “धमलाजी, राम्रोसित चिनेपछि त कसले कसलाई सम्मान गर्छ र ? नेपालका मठाधीशहरूको शौली थाहा छैन ?” हाम्रो हालत त्यस्तो त होइन । हाम्रो राम्रो पाटोलाई सम्मान गरियो । खुशी नै छु भित्र भित्र लाज लागे पनि । लहड चलेर पनि जथाभावी लेखियो, यो दिन देखियो । हामीबाट लेखिने सम्भावना छ । धन्यवाद । जय श्री पशुपतिनाथ ।

“वाह, यो सम्मानित महोदयको मन्तव्यले गन्तव्य भेट्ला जस्तो छ । यो मान्छे को हो ?” उही युवा । “यो मान्छेका बारेमा जान्नका लागि हरेक दिन मुहार पुस्तिका हेरे हुन्छ । यो मान्छे तेस्रो जियोग्राफिक मिस्टेक हो ।” अर्को युवाले सफाई दियो । ठीक ५ बजे कार्यक्रम सकियो । राम्राराम्रा युवतीहरू तुम्बाहाम्फेसित “सेल्फी” लिन आए र खास काम नै यही बन्यो । सम्पूर्ण पाहुनाहरू विदा भए । नेपालका वरिष्ठ साहित्यकारहरू भोपालमा सम्मानित “अन्तर्राष्ट्रिय समाचार” बन्यो । झारपात उत्थान मञ्चको नाम पनि दोहोरो भाइरल भयो । तुम्बाहाम्फे भने घरमा आएर सोचमग्न यात्री भयो ।

०००
चितवन
‘पाखण्ड पुराण’ (२०८१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
झाँसीका भँगेरा जोडी

झाँसीका भँगेरा जोडी

डा. सुमनराज ताम्राकार
राजनीतिक पीडित

राजनीतिक पीडित

सीताराम नेपाल
सेकेण्ड ह्याण्ड

सेकेण्ड ह्याण्ड

भोजराज रेग्मी ‘मुखाले’
श्राद्ध

श्राद्ध

त्रिलोचन ढकाल
बानीले रानी हुन्छ, बानी बिग्रे खरानी हुन्छ

बानीले रानी हुन्छ, बानी...

नगिता लेप्चा राई
0
Would love your thoughts, please comment.x
()
x