साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पनि लेख्नुपर्छ

भालेहरूले गति छाड्न थाले पोथीहरूकै पछि पाउ चाले । बोकाहरूले सब दाइँ गर्छन् यी गोरु राँगा चुपचाप हेर्छन्, यस्तो जमाना किन देख्नुपर्छ ? लेख्दै नलेख्ने पनि लेख्नु पर्छ ।

Nepal Telecom ad

बिन्दु दहाल ‘मुकदर्शक’ :

दुब्लाहरूले अब बुझ्नु पर्छ
कुप्राहरूले पनि कुद्नु पर्छ
यी स्याल ब्वाँसा सब मर्नु पर्छ
आए समस्या नित टर्नु पर्छ ।

ढुङ्गाहरू हो अब उठ्नु पर्छ
ए भ्यागुता हो सुन जुट्नुपर्छ
गोही जुकाले खुन खान थाले
ढाडेहरू मन्दिर जान थाले ।

अर्ना भए यी नव सर्वहारा
छन् बारुला यी किन ज्यानमारा ?
भालेहरूले गति छाड्न थाले
पोथीहरूकै पछि पाउ चाले ।

बोकाहरूले सब दाइँ गर्छन्
यी गोरु राँगा चुपचाप हेर्छ्न्
यस्तो जमाना किन देख्नुपर्छ ?
लेख्दै नलेख्ने पनि लेख्नु पर्छ ।

लार्भाहरूको गणना हुँदैन
बेस्मार खान्छन् विधिले छुँदैन
मार्छन् मुसाले सजिलै बिराला
छन् मार्ग हिँड्ने अहिले भिराला ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मातापिता निधि दुई

मातापिता निधि दुई

बिन्दु दहाल ‘मूकदर्शक’
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
शब्दक्षेप्यास्त्र

शब्दक्षेप्यास्त्र

बिन्दु दहाल ‘मूकदर्शक’
बुझ्न बाँकी छ धेरै

बुझ्न बाँकी छ धेरै

बिन्दु दहाल ‘मूकदर्शक’
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

बिन्दु दहाल ‘मूकदर्शक’
विचार पथका चेलाहरू हो सुन

विचार पथका चेलाहरू हो...

बिन्दु दहाल ‘मूकदर्शक’
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x