सुरेशकुमार पाण्डेपुत्ला दोहन
होइन-होइन अहिले नै त्यसो नगरौँ । बरू आफ्ना कार्यकर्तालाई लगाएर जनतालाई भट्काई उसकाे पुत्ला दोहन गर्ने कार्यक्रमको बन्दोबस्त गर । उसलाई जनताबाट नङ्ग्याउँनु छ।

सुरेशकुमार पाण्डे :
“होइन ! यो भ्रष्टाचार भयो भन्दै दिन रात कराई रहेको छ। यसलाई कसरी चुप गराऊँ।”- मन्त्री टोड्के आफ्नाबाटै फतफतायो।
त्यहीबेला संसद रामफल टुप्लुक्कै आइपुग्यो ।
” के भयो सर ? कोहो त्यो मलाई भन्नु त !”- सांसद रामफलले आश्चर्य हुँदै भन्यो ।
को हुन्छ नि अरूको त हिम्मत नै छैन एउटै त हो । कहिले सुनकाण्ड गराए भन्छ, कहिले भूमि काण्ड भन्छ, कहिले भुटानी शरणार्थी बनाएर पैसा खाए भन्छ । यसले त राम्रो काम गर्नै नदिने भयो ।”- मन्त्री टोड्के गर्धन मरोड्दै भन्यो।
“उसलाई हजुरको तागतको बारेमा थाहा नभएर होला एउटा दुइटालाई धर्तिबाट उठाएको कुरा उसलाई जानकारी हुनेथ्यो भने यति बोल्ने हिम्मत नै आउँदैनथ्यो त्यसलाई।”-
सांसद रामफलले टोड्केको प्रशंसा गर्दै भन्यो।
“होइन हामी चुनावमा जाने बेला कति खर्च हुन्छ उसलाई के थाहा । चुनाव जित्न सितिमिति कहाँ हुन्छ।
अनि त्यो जनतालाई दिएको भोज भतेरको रकम कताबाट पुर्ति गर्ने हो ? हामीले ।
कसै कसैलाई त नखत नारायण पनि दिनुपर्छ चुनावको बला ।”- मन्त्री टोड्केले भन्यो।
“सर ! म कसैलाई भनेर उसलाई पनि उडाइदिऊँ ?”- रामफलले सोध्यो।
“होइन-होइन अहिले नै त्यसो नगरौँ । बरू आफ्ना कार्यकर्तालाई लगाएर जनतालाई भट्काई उसकाे पुत्ला दोहन गर्ने कार्यक्रमको बन्दोबस्त गर । उसलाई जनताबाट नङ्ग्याउँनु छ।”- मन्त्री टोड्केले निर्देश गर्छ।
०००
दाङ घोराही- १८
०६-०४-२०८१
Subscribe
Login
0 Comments
Oldest







































