साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुत्ला दोहन

होइन-होइन अहिले नै त्यसो नगरौँ । बरू आफ्ना कार्यकर्तालाई लगाएर जनतालाई भट्काई उसकाे पुत्ला दोहन गर्ने कार्यक्रमको बन्दोबस्त गर । उसलाई जनताबाट नङ्ग्याउँनु छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“होइन ! यो भ्रष्टाचार भयो भन्दै दिन रात कराई रहेको छ। यसलाई कसरी चुप गराऊँ।”- मन्त्री टोड्के आफ्नाबाटै फतफतायो।

त्यहीबेला संसद रामफल टुप्लुक्कै आइपुग्यो ।
” के भयो सर ? कोहो त्यो मलाई भन्नु त !”- सांसद रामफलले आश्चर्य हुँदै भन्यो ।

को हुन्छ नि अरूको त हिम्मत नै छैन एउटै त हो । कहिले सुनकाण्ड गराए भन्छ, कहिले भूमि काण्ड भन्छ, कहिले भुटानी शरणार्थी बनाएर पैसा खाए भन्छ । यसले त राम्रो काम गर्नै नदिने भयो ।”- मन्त्री टोड्के गर्धन मरोड्दै भन्यो।

“उसलाई हजुरको तागतको बारेमा थाहा नभएर होला एउटा दुइटालाई धर्तिबाट उठाएको कुरा उसलाई जानकारी हुनेथ्यो भने यति बोल्ने हिम्मत नै आउँदैनथ्यो त्यसलाई।”-

सांसद रामफलले टोड्केको प्रशंसा गर्दै भन्यो।
“होइन हामी चुनावमा जाने बेला कति खर्च हुन्छ उसलाई के थाहा । चुनाव जित्न सितिमिति कहाँ हुन्छ।

अनि त्यो जनतालाई दिएको भोज भतेरको रकम कताबाट पुर्ति गर्ने हो ? हामीले ।
कसै कसैलाई त नखत नारायण पनि दिनुपर्छ चुनावको बला ।”- मन्त्री टोड्केले भन्यो।

“सर ! म कसैलाई भनेर उसलाई पनि उडाइदिऊँ ?”- रामफलले सोध्यो।

“होइन-होइन अहिले नै त्यसो नगरौँ । बरू आफ्ना कार्यकर्तालाई लगाएर जनतालाई भट्काई उसकाे पुत्ला दोहन गर्ने कार्यक्रमको बन्दोबस्त गर । उसलाई जनताबाट नङ्ग्याउँनु छ।”- मन्त्री टोड्केले निर्देश गर्छ।

०००
दाङ घोराही- १८
०६-०४-२०८१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
जेल

जेल

सुरेशकुमार पाण्डे
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x