साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डा. विप्लव ढकाल र महाकाव्यकार सीता भट्टराई सम्मानित

घुम्ती कवि गोष्ठी नेपालले आफ्नो पहिलो साधारण सभाको अवसरमा चर्चित साहित्यकारद्वय व्यक्तित्व डा. विप्लव ढकाल तथा महाकाव्यकार सीता भट्टराई घुम्ती काव्य पुरस्कार २०८१ अर्पण गरेको हाे । ।

Nepal Telecom ad

काठमाडौं, २०८१ श्रावण १२ । हरेक महिनाको दोस्रो शनिबार बिहान फरकफरक स्थानमा कवि गोष्ठी गर्दै आएको घुम्ती कवि गोष्ठी नेपालले आफ्नो पहिलो साधारण सभाको अवसरमा चर्चित साहित्यकारद्वय व्यक्तित्व डा. विप्लव ढकाल तथा महाकाव्यकार सीता भट्टराई घुम्ती काव्य पुरस्कार २०८१ अर्पण गरेको छ ।

संस्थाका अध्यक्ष माधवलाल श्रेष्ठको अध्यक्षतामा असार ३ गते बसेको कार्यसमिति बैठकले सीता भट्टराईलाई घुम्ती-नालाङ्ग काव्य पुरस्कार २०८१ र डा विप्लव ढकाललाई घुम्ती–रमा-बद्री काव्य पुरस्कार २०८१ अर्पण गर्ने निर्णय गरेको थियो ।

वरिष्ठ साहित्यकार गोविन्द घिमिरे ‘वेदमणि’को संयोजकत्वमा घुम्ती कवि गोष्ठीका उपाध्यक्ष वरिष्ठ कवि त्रिलोचन आचार्य र साहित्यिक पत्रकार निबन्ध आचार्य सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले सर्वसम्मत रुपमा अनुमोदन गरेको थियो ।

कार्यक्रममा गोष्ठीका उपाध्यक्ष त्रिलोचन आचार्यले स्वागत मन्तव्य राखेका थिए भने शर्मिला श्रेष्ठले शुभकामना कविता वाचन गरेकी थिइन् । सोही अवसरमा गोष्ठीका सचिव रामकुमार पण्डितले घुम्ती कवि गोष्ठी नेपालको २०७७ सालको अन्त्यबाट निरन्तर रुपमा गरिएको काव्यिक सक्रियता विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने सहभागी स्रष्टाहरुले आवश्यक परिमार्जनका लागि सुझाव प्रस्तुत गर्दै छलफलमा भूमिका निर्वाह गरेका थिए । यसैगरि गोष्ठीका कोषाध्यक्ष रामचन्द्र दाहालद्वारा प्रस्तुत गरिएको आर्थिक प्रतिवेदनलाई सर्वसम्मत रुपमा पारित गरिएकोा थियो ।

उक्त कार्यक्रममा गोविन्द घिमिरे ‘वेदमणि’ले प्रतिभा चयनका विषयमा स्पष्ट पार्दै पुरस्कृत व्यक्तित्वहरुका बारेमा संक्षिप्त प्रकाश पारेका थिए । पुरस्कृत व्यक्तित्व सीता भट्टराईले आफूले कहिल्यै पुरस्कार प्राप्त गर्ने उद्देश्यले कुनै कर्म नगरे पनि समयक्रममा प्राप्त गर्न सकेको उपलब्धिले आफ्ना लेखनकर्मका लागि थप जिम्मेवारी र कर्तव्यबोध गरेको उल्लेख गर्दै कविता वाचन गरिन् ।

यसैगरि अर्का सम्मानित कवि विप्लव ढकालले ताली बजाउने मात्रको समर्थक र अनावश्यक बिरोध गर्ने खालको आलोचक हुनु नहुने भन्दै आफैं पनि एउटा संस्थाको जिम्मेवार व्यक्ति रहेकोले घुम्ती कवि गोष्ठीसंग संस्थागत सहकार्य गर्न इच्छुक रहेको बताउँदै कविता सुनाए ।

कार्यक्रममा कणाद महर्षि, ‘चेतनपथ’, माधव बिडारी र डिल्लीप्रसाद ‘मुलतिहुनले’ आ-आफ्ना रचना वाचन गरेका थिए । सो अवसरमा घुम्ती कवि गोष्ठीका ६५ जना आजीवन सदस्यलाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ जगत्प्रसाद उपाध्याय ‘प्रेक्षित’ द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो ।

परशुराम परासरद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रमक सभ्य एवं भव्य रुपमा सम्पन्न गरिएको थियो ।

०००
-जयराम बिडारीद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x