साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा काव्यांशः – ८

केके हुन्छन् नराम्रा रिपु हितगुणका? जान्न सक्ने बनाए । राम्रा छानेर बढ्ने कुशल कृतकला साधनाले चिनाए ॥ त्यागी हुन् वृद्ध सारा मनुज पथ निका बाँड्दछन् स्वच्छ पारी । बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

अग्लो बन्ने सुबाटो भवगुण हितका टिप्न जान्ने बनाए ।
हाम्रा हुन् प्राप्ति सग्ला विधिपथ पदका ज्ञान बाँड्दै रमाए॥
सत्यात्मा पुत्रपुत्री तनमनधनले वृद्धका हुन् पुजारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३६॥

गर्दै सत्कर्म सङ्ला तनमनधनले सौख्य ऊर्जा उमारे ।
छोराछोरी रमाऊन् विधिसडक हिँडून् ज्ञानले पूर्ण पारे ॥
आत्मा खोलेर हाँसून् मनन मन गरोस् चक्र हो यो बिचारी।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३७॥

धर्ती आकाश साझा अवनिभर घुमूँ भेद गर्दैन हेरूँ ।
हुन् वृद्धावृद्ध त्यस्तै हितमय गुणका प्रेमले नित्य बेरूँ ॥
सङ्लो बग्नेछ पानी शिरकस नरहोस् चेत हेरोस् बिचारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३८॥

भोग्दा वार्धक्यअग्लो हितमय छ भनी वृद्धले नित्य गाऊन् ।
दुख्ने दुर्वाच्य छैनन् परिजन सबका भावनाभित्र छाऊन् ॥
बोलूँ सत्वाक्य सङ्ला छलरहित चुनूँ चेत आँखा उघारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥३९॥

केके हुन्छन् नराम्रा रिपु हितगुणका? जान्न सक्ने बनाए ।
राम्रा छानेर बढ्ने कुशल कृतकला साधनाले चिनाए ॥
त्यागी हुन् वृद्ध सारा मनुज पथ निका बाँड्दछन् स्वच्छ पारी ।
बाबाआमा रमाऊन् हरदिन घरमा मिल्छ उल्लास भारी ॥४०॥

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
माता यी पतिकी मुमा सरह नै…

माता यी पतिकी मुमा...

दीनानाथ पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

दीनानाथ पाेखरेल
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x