फित्काैली डटकमछब्बिसौँ मानव पुस्तक र रचनावाचन सम्पन्न !
वरिष्ठ युरोलोजिष्ट तथा साहित्यकार अर्जुनदेव भट्टको स्वागत मन्तव्यसँगै मानव व्यक्तित्वद्वयका आआफ्ना क्षेत्रका गम्भीर अनुभवको विचारोत्तेजक तरिकाले प्रस्तुत गर्दा सभाकक्ष स्तब्ध रह्यो।

काठमाडाैं, ०८१ साउन १२ । छब्बिसौँ मानव पुस्तक र रचनावाचन सम्पन्न भएकाे छ ।
अध्यात्म चिन्तक, मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल, काठमाडौँका सर्वपक्षीय संस्थापक अध्यक्ष हाल संरक्षक तथा कवि हरिभक्त सिग्देलको सभापतित्व, पूर्व सहसचिव तथा विद्वान् लेखक/अनुवादक डा.बद्री पोख्रेलको प्रमुख आमन्त्रित आतिथ्य, पूर्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रविराज थापाको विशिष्ट आतिथ्य, सुशीला शर्मा धमलाको सटिक उद्घोषणमा सम्पन्न भएकाे हाे ।
वरिष्ठ युरोलोजिष्ट तथा साहित्यकार अर्जुनदेव भट्टको स्वागत मन्तव्यसँगै मानव व्यक्तित्वद्वयका आआफ्ना क्षेत्रका गम्भीर अनुभवको विचारोत्तेजक तरिकाले प्रस्तुत गर्दा सभाकक्ष स्तब्ध रह्यो।
दोस्रो सत्र अन्तरगत रचनावाचन र शुभकामना मन्तव्यको लर्को लाग्यो। यिनमा-निर्मलरमण पराजुली, शुचिता काफ्ले, थरेन्द्र बराल, मेनुका आचार्य, द्वारिका कुइकेल, महेशप्रसाद रिजाल, तेजनाथ दङ्गाल, भागीरथी ज्ञवाली,रजनी खत्री, राजेन्द्रकुमार बर्तौला, सुन्दर खड्का, ब्यासकवि युवराज भण्डारी, जानुका गुरागाई, कल्पना दाहाल, रामचन्द्र खनाल, रामचन्द्र घिमिरे, सुरेशचन्द्र घिमिरे र सुशीला अधिकारी रहे।
पुरुषोत्तम दाहालले सटिक शुभकामना मन्तव्य र कले दाहालले धन्यवाद मन्तव्य राखेपछि सभापतित्वको मन्तव्य हरिभक्त सिग्देलले राख्दै सभा विसर्जन गर्नु भयाे ।
०००
-कलानिधि दाहालकाे साैजन्यमा
Subscribe
Login
0 Comments
Oldest






































