
भो जीवनी बन्जर (१२)
बाँच्ने आस र दृश्य छैन अब ता आँखा धमिला भए आधा होस छ अङ्ग अङ्ग गलिए बोली नबुझ्ने भए हाम्रो गाउँ सधैँ सधैँ रमिरहोस् सोखी छिमेकी हुनू हाम्रा लास पवित्र शुद्ध मनले सद्गत् लगी गर्दिनू ॥

हेम अधिकारी :
छोरामात्र भनेर आज दुनियाँ अन्धो भएको छ है
छोरी मास्न भनेर लाग्छ यसरी बाटो बिरायो ल है
के के बन्छ विधान मातृदल नै निर्वाध मासिन्छ कि
आफ्नो आगतले अनागत सबै के गर्छ के गर्छ नि ॥
बाँच्ने आस र दृश्य छैन अब ता आँखा धमिला भए
आधा होस छ अङ्ग अङ्ग गलिए बोली नबुझ्ने भए
हाम्रो गाउँ सधैँ सधैँ रमिरहोस् सोखी छिमेकी हुनू
हाम्रा लास पवित्र शुद्ध मनले सद्गत् लगी गर्दिनू ॥
आशामा रहदै बित्यो रहरिला नाति नदेख्ने भयौँ
मायाका पृय नातिनी सरसिला स्वप्ना भएरै रह्यौँ ।
०००
दमक, झापा
Subscribe
Login
0 Comments
Oldest