साइबर अपराध सम्बन्धी सचेतना सामग्री

व्यथित काव्य सम्मानबाट कवि लोहनी र उप्रेतीलाई

श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ साउन २२ । साहित्यिक पत्रकार सङ्घले कवि मणि लोहनीलाई “व्यथित काव्य सम्मान- २०८१” प्रदान गर्ने भएको छ । यसैगरी सङ्घले “व्यथित काव्य डायस्पोरा सम्मान- २०८१” कवि सुरेन उप्रेती (क्यानडा) लाई प्रदान गर्ने भएको छ ।

साहित्यकार श्रीओम श्रेष्ठ रोदनको संयोजनमा साहित्यकारहरू पद्मावती सिंह र पारश प्रकाश नेपाल सदस्य रहेको सिफारिस समितिले गरेको सिफारिस अनुसार संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले यो निर्णय गरेको हो ।

युवा पुस्ताका चर्चित कवि/ कथाकार मणि लोहनी पेशाले टेलिभिजन पत्रकार हुन् । मानिसका प्रेम र सम्वन्धमाथि कविता/कथा लेख्ने उनी पछिल्लो समय मृत्यु र त्यसपछिको महाशुन्यतामाथि आफ्नो लेखनलाई केन्द्रित गरेका छन् । युवा वर्ष मोती पुरस्कार, राष्टिय कलाश्री युवा पुरस्कार, सर्वोकृष्ट कथा पुरस्कार लगायत एक दर्जन पुरस्कार र सम्मानबाट सम्मानित मणिका कथा र निवन्ध विद्यालय स्तरमा पढाई हुन्छ । उनका कथा कविता एक दर्जनभन्न्दा बढि विभिन्न विदेशी भाषामा अनुवाद भएका छन् ।

कवि मणि लोहनीका आन्दोलनले छट्पटाएका कलमहरु, मलामी साँझ, मृत्युको अघिल्तिर र यतैकतै (संयुक्त) कविताकृतिहरु सहित असहमतिका पाइलाहरु, परास्त प्रेम, निर्वस्त्र मन कथाकृतिहरु प्रकाशित छन् ।

यसैगरी “व्यथित काव्य डायस्पोरा सम्मान”बाट कवि सुरेन उप्रेतीको आजका स्वरहरु कविता सग्रह २०५३ प्रकाशित रहेको छ भने सानो मुने, पढ्न जान मन छ, अक्षरहरू, कलम, किताबकपी, दुध दिने गाई, झलमल तारा आदि संगीत सनुप पौडेल, गायन सनुप पौडेल र साथीहरू बाल गीतहरू प्रकाशित रहेका छन् ।

यसैगरी उप्रेतीका ‘भाग्य हो भन्छन् कर्म हो भन्छन’ २०५५ (गायिका सावित्री अधिकारी), लुकेको रहस्य टेलिचलचित्र अन्य रेकर्डभएका गीतहरु, “दाइजो” (गायिका निशा देशार संगीत राजकुमार बगर), “भेरी नदी सुसायो” संगीत तथा गायन खड्ग न्यौपाने,“अमर प्रेम” (संगीत तथा स्वर हरि उदासी), “बाबा” (संगीत सुनिल मास्के स्वर प्रमोद खरेल, “जन्म दिनको शुभकामना” (संगीत नारायण ओली, स्वर नारायण ओली र वानिका प्रधान, “हजुरआमा हजुरबुबा” (संगीत राधेश्याम मालाकार स्वर जुना मुना र साथीहरू, “टोपी हाम्रो शान” (संगीत तथा स्वर धर्मदास बुढाथोकि) गीतहरु रहेका छन् ।

यस्तै सुरेनका अनन्त यात्रा (कथा स‌ङ्ग्रह २०६९), अटवा बधशालाको डिस्को धुन (निबन्ध स‌ंग्रह २०७४), ‘डटर्स अफ एभरेष्ट’ (बालकथासंग्रह अंग्रेजी २०७५), ‘प्रेयशी रोवर्ट’’ (डायस्पोरिक कथा संग्रह २०७७), ‘‘एकान्तवास’’ (कोरोनासम्बन्धी बालमनोविज्ञानमा आधारित बालकथा संग्रह २०७८) “देशहराएको मान्छे” (वालकथा संग्रह २०७९) र ‘नेपालको शान’ (जीवनी संग्रह २०८०) प्रकाशित रहेका छन् ।

वि. स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ ।

यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी र गीता कार्की ठाकुर बेलबासे, सम्मानित भइसक्नु भएको छ ।

यसैगरी “व्यथित काव्य डायस्पोरा सम्मान”बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत), शकुन ज्ञवाली (अमेरिका) र खेमनाथ दाहाल सम्मानित भइसक्नु भएको छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x