साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मानव अधिकार !

यो गरिब बस्तिले यहाँको वातावरण नै दुषित बनायो । यो बस्ति हटाएर सुन्दर बिगबजार बन्नसक्छ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

जिन्दावाद ! जिन्दावाद !
एक हुल मानिसहरू प्लेकार्ड हात हातमा उचालेर नारा लगाउँदै सडकमा हिँडेका थिए।

हाम्रो मानो र छानोको ग्यारन्टी गर,
स्वास्थ्य, सुरक्षाको ग्यारन्टी गर। यस्ता ब्यानर, प्लेकार्ड र नाराहरू घन्किँदै थिए ।

चक्रसिंहको कार जुलुसको त्यो जाममा फस्यो। ए भाइ ! यिनीहरूलाई खेद न छिटै मलाई कार्यक्रममा पुग्नु छ।-
ऊ रिसले मुर्मुरिँदै प्रहरीलाई आदेश दिन्छ।

प्रहरीले लाठा लगाउँदै जुलुसकै बिचबाट उसलाई बाटो बनाइदिने प्रयास गर्छ।
“साँरी ! केही ढिला भयो नजिकैको ठूलो होटेलमा पुगेर चक्रसिहँले भन्यो।
“आयोजक मध्य एकजना चक्रे पनि थियो।”
सबै भि आइ पी मध्यका होटेलमा बसेर सिसाबाट तल सडक तिर नियाल्दै थिए।

यो गरिब बस्तिले यहाँको वातावरण नै दुषित बनायो । यो बस्ति हटाएर सुन्दर बिगबजार बन्नसक्छ।- नजिकै ससाना झुप्रे बस्तिहरूलाई देखाउँदै चक्रसिंहले भन्यो।

ठिक भन्नुभयो अहिले विश्व मानव अधिकार यही विषयमा छलफल गरेर मनाउने मेरो पनि उद्धेश्य हो।- अध्यक्षले कुटिल मुस्कुराउँदै भन्यो।

०००
दाङ घोराही- १८
२४-मङ्सिर २०८०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
नेताको व्यथा

नेताको व्यथा

रामकुमार पाँडे
अज्ञानताको विज्ञान

अज्ञानताको विज्ञान

शिवप्रसाद जैशी
जङ्गली समाज !!

जङ्गली समाज !!

कलानिधि दाहाल
0
Would love your thoughts, please comment.x
()
x