साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रा वृद्ध

पुग्दा वर्ष असी उदास नबनी लाग्छन् सधैँ कर्ममा हाँक्छन् दिव्य गृहस्थको रथ तिनै त्यो मानवी धर्ममा पर्दा काम अगाडि पर्न दृढ छन् को छन् यहाँ खै कम? हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम ॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

भन्छन् मानिस देश यो दिनदिनै बन्दैछ वृद्धाश्रम
मान्छेमा किन आज यो किसिमको आयो पलायो भ्रम
होस् औद्योगिक कान्ति यो मुलुकमा खुल्ला बनोस् मौसम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम ॥१

पाका मानिस नै प्रधान घरमा देखिन्छ हाम्रो यहाँ
पाका नै अघि बढ्दछन् दिन दिनै जे काममा होस् जहाँ
जस्तै उच्च घरानको कि कमको या त्यो रहोस् मध्यम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम ॥२

माटोको ममता छ वृद्ध जनको चौँडा हियारोभरि
बस्छन् देश पुजेर र पौरख गरी आफैँ बनी केशरी
वैरीसामु लडेर जो अघि बढे छोड्दै नछोडी दम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम ॥३

ऊर्जाको पनि स्रोत नै छ यिनमा देखिन्छ राम्रो छवि
गाईको दधि दूधले र घिउले पुस्टेर आए अघि
आफ्नै धर्म र कर्ममा अडिग छन् रोकिन्न आफ्नो क्रम
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम ॥४

पुग्दा वर्ष असी उदास नबनी लाग्छन् सधैँ कर्ममा
हाँक्छन् दिव्य गृहस्थको रथ तिनै त्यो मानवी धर्ममा
पर्दा काम अगाडि पर्न दृढ छन् को छन् यहाँ खै कम?
हाम्रा वृद्ध खटेर कर्म थलमा गर्छन् ठुला उद्यम ॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x