श्रीप्रसाद पाेखरेलन्वारन
उनले कोरकार गरेर भने “बालकको नाम श्रीधर जुर्यो ।” राडीमा बसेका सुब्बाले भने “आँखा नहुनेलाई नेत्रबहादुर, बुद्धि नभएका स्वाँठलाई बुद्धिमान जस्तो चैँ नहोस् है पण्डित ।”

श्रीप्रसाद पोखरेल :
“अनुराधा ! छोराको नाम के राखौँ ?” विद्याधरले जिज्ञासा राखे ।
“म अनपढ के भनौँ ! हजुरको छोरो । हजुरले नै राम्रो नाम जुराउनु नि ।” अनुराधाले कुरो पन्छाइन् ।
“के भन्छन् यिनीहरू ? यो बालकको नाम त जन्मलग्न कुण्डली अनुसार पो पण्डितले जराउँछन् त । यहाँ सल्लाह गरेर नाम राखेर हुन्छ ?” बुबा चित्तधरले भने ।
“बुबा ! समय अनुसारको नाम राख्नुपर्छ नत्र पछि आफैँ फेर्छन् । नागरिकतादेखि सारा प्रमाणपत्रमा सच्याउनुपर्छ ।” विद्याधरले बुबालाई भोली हुने समस्यालाई देखाए ।
“जुरेकै नाम राख्नुपर्छ । सुभ्यफाव्य हुन्छ । पछि विपत पर्दैन ।” चित्तधरले आफ्नो विचारमा अड्डी थपे ।
आँगनमा भेला भएका सबै आ-आफ्नो नाम दाबी गरिरहेका बेला टुप्लुक्क आइपुगेका पण्डितसँग चित्तधरले खुसुक्क सल्लाह गरे ।
उनले कोरकार गरेर भने “बालकको नाम श्रीधर जुर्यो ।”
राडीमा बसेका सुब्बाले भने “आँखा नहुनेलाई नेत्रबहादुर, बुद्धि नभएका स्वाँठलाई बुद्धिमान जस्तो चैँ नहोस् है पण्डित ।”
०००
इटहरी, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































