साइबर अपराध सम्बन्धी सचेतना सामग्री

न्वारन

उनले कोरकार गरेर भने “बालकको नाम श्रीधर जुर्‍यो ।” राडीमा बसेका सुब्बाले भने “आँखा नहुनेलाई नेत्रबहादुर, बुद्धि नभएका स्वाँठलाई बुद्धिमान जस्तो चैँ नहोस् है पण्डित ।”

Nepal Telecom ad

श्रीप्रसाद पोखरेल :

“अनुराधा ! छोराको नाम के राखौँ ?” विद्याधरले जिज्ञासा राखे ।
“म अनपढ के भनौँ ! हजुरको छोरो । हजुरले नै राम्रो नाम जुराउनु नि ।” अनुराधाले कुरो पन्छाइन् ।
“के भन्छन् यिनीहरू ? यो बालकको नाम त जन्मलग्न कुण्डली अनुसार पो पण्डितले जराउँछन् त । यहाँ सल्लाह गरेर नाम राखेर हुन्छ ?” बुबा चित्तधरले भने ।

“बुबा ! समय अनुसारको नाम राख्नुपर्छ नत्र पछि आफैँ फेर्छन् । नागरिकतादेखि सारा प्रमाणपत्रमा सच्याउनुपर्छ ।” विद्याधरले बुबालाई भोली हुने समस्यालाई देखाए ।

“जुरेकै नाम राख्नुपर्छ । सुभ्यफाव्य हुन्छ । पछि विपत पर्दैन ।” चित्तधरले आफ्नो विचारमा अड्डी थपे ।
आँगनमा भेला भएका सबै आ-आफ्नो नाम दाबी गरिरहेका बेला टुप्लुक्क आइपुगेका पण्डितसँग चित्तधरले खुसुक्क सल्लाह गरे ।

उनले कोरकार गरेर भने “बालकको नाम श्रीधर जुर्‍यो ।”
राडीमा बसेका सुब्बाले भने “आँखा नहुनेलाई नेत्रबहादुर, बुद्धि नभएका स्वाँठलाई बुद्धिमान जस्तो चैँ नहोस् है पण्डित ।”

०००
इटहरी, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
दृष्टि

दृष्टि

श्रीप्रसाद पाेखरेल
बिर्सिएको आयु

बिर्सिएको आयु

श्रीप्रसाद पाेखरेल
उपाय

उपाय

श्रीप्रसाद पाेखरेल
अवस्था

अवस्था

श्रीप्रसाद पाेखरेल
अनुत्तरित क्षण

अनुत्तरित क्षण

श्रीप्रसाद पाेखरेल
पुस्तक के गर्ने ?

पुस्तक के गर्ने ?

श्रीप्रसाद पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x