सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

त्रिफलामा पुस्तकालय दिवस र मोतीजयन्ती सम्पन्न

पुस्तकालयका संस्थापक एवम् वर्तमान अध्यक्ष श्री प्रेमप्रकाश " फलाहारी" को अध्यक्षता तथा प्रसिद्ध साहित्यकार प्रा डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा मोती साहित्य पुरस्कार एवम् सम्मानद्वारा आसाम निवासी साहित्यकार मित्रदेव शर्मालाई सम्मान गरिएको थियो ।

Nepal Telecom ad

झापा, २०८१ भाद्र् १७ । त्रिफला राष्ट्रिय पुस्तकालयमा गते सत्रौं पुस्तकालय दिवस तथा १५९ औं मोती जयन्ती एक भव्य कार्यक्रम बीच सम्पन्न भएको छ।

पुस्तकालयका संस्थापक एवम् वर्तमान अध्यक्ष श्री प्रेमप्रकाश ” फलाहारी” को अध्यक्षता तथा प्रसिद्ध साहित्यकार प्रा डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा मोती साहित्य पुरस्कार एवम् सम्मानद्वारा आसाम निवासी साहित्यकार मित्रदेव शर्मालाई सम्मान गरिएको थियो ।

समाजसेवी छत्रबहादुर समाज सेवा सम्मानद्वारा समाजसेवी हीरालाल सुवेदीलाई सम्मान गरिएको थियो । उक्त अवसरमा भारत मणिपुरबाट साहित्यकारहरू रेणु पाण्डे ढुंगेल, अनुपमा ढुंगेल, विष्णु भट्टराई, मनोज बिष्ट, सन्तोष सापकोटा, आसामबाट वसुन्धरा शर्मा, सिक्किमबाट साहित्यकारहरू टीका ढुंगेल, रवि पौडेल, अमिता अणु, पूर्ण योन्जन, चक्रपाणि भट्टराई, एन पि एस निरौला, जि के शर्मा भट्टराई, कृष्ण खनाल दार्जिलिङबाट साहित्यकारहरू मुक्तिनाथ शर्मा, ऋषि राई, दीपक ठटाल, विमला प्रधान जोशी, मुक्ति उपाध्याय बराल, युवराज काफ्ले, देविका सुब्बा खवास, ललिता जोशी, लतिका जोशी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल तर्फबाट साहित्यकारहरू गोपीकृष्ण प्रसाईं, एन बि दाहाल ” नवीन”, मोक्ष खतिवडा, दुर्गाप्रसाद सिग्देल, राजेन्द्र संग्रौला, मातृका संग्रौला, लक्ष्मी अच्युत ढुंगाना, हिरण्यप्रसाद भट्टराई, उषा गुरुङ, मातृका बस्नेत, तोयालाल दाहाल, हरिप्रसाद नेउपाने, देवीचरण भण्डारी लगायत जम्मा १५० बढीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कृष्ण खनाल, दीपक ठटाल, परशुराम तिम्सिना, उषा गुरुङ, लक्ष्मी अच्युत ढुंगाना, राजेन्द्र अधिकारी, खेमनाथ बन्धु, तोयालाल दाहालले कविता तथा गजल वाचन गर्नु भएको थियो ।

प्रेमप्रकाश फलाहारी, मित्रदेव शर्मा, अमिता अणु, जि के शर्मा भट्टराई, गोविन्दराज भट्टराईले मन्तव्य राख्नु भएको थियो ।

पुस्तकालयका उपाध्यक्ष रामप्रसाद दाहालले स्वागत मन्तव्य राख्नु भएको उक्त कार्यक्रमको सञ्चालन पुस्तकालयका पूर्व महासचिव विनोद खनालले गर्नु भएको थियो।

अन्त्यमा सभाध्यक्षद्वारा सबैलाई धन्यवाद ज्ञापन गर्दै पुस्तकालय दिवस र मोती जयन्ती कार्यक्रमको समापन गर्नु भएको थियो ।

०००

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x