साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सूचना ! सूचना !! सूचना !!!

कोहीले डेढ करोड दिने भनेका छन् कोहीले तीन करोड दिने भनेका छन् मेरो मन्त्री पद लिलाम बढाबढमा छ जसले मलाई बढीभन्दा बढी दिन सक्नुहुन्छ उहाँले नै मेरो मन्त्री पद लान सक्नुहुन्छ ।

Nepal Telecom ad

आर. आर. चौलागाईं :

सूचना ! सूचना !! सूचना !!!
को किन्न आउनहुन्छ ?
आउनोस्
मेरो मन्त्री पद बिक्रीमा छ ।

अहिले त घाँस पनि मन्त्री
झार पनि मन्त्री
पत्कर पनि मन्त्री
रुखको बोक्रो पनि मन्त्री
आची पुछेर फालेको ढुङ्गो पनि मन्त्री
मकैको खोस्टो पनि मन्त्री
तुन्द्रुङ्ग झुन्डिएको केराको बुङ्गो पनि मन्त्री ।

अहिले त सिँगान पनि मन्त्री
खकार पनि मन्त्री
कतै नबिक्ने थोत्रो सिलाबर पनि मन्त्री
भाँडा मस्काउने खरानी पनि मन्त्री
टोले गुण्डा पनि मन्त्री
नेताका झोला बोक्ने झोले पनि मन्त्री
जनतालाई भुक्ने र टोक्ने भुस्याहा कुकुर पनि मन्त्री ।

पैसा कमाउन मलाई मन्त्री हुनु पर्दैन
एउटै इसारामा म लाख करोड कमाउन सक्छु
कोहीले डेढ करोड दिने भनेका छन्
कोहीले तीन करोड दिने भनेका छन्
मेरो मन्त्री पद लिलाम बढाबढमा छ
जसले मलाई बढीभन्दा बढी दिन सक्नुहुन्छ
उहाँले नै मेरो मन्त्री पद लान सक्नुहुन्छ
सूचना ! सूचना !! सूचना !!!
को किन्न आउनहुन्छ ?
छिट्टै आउनोस्
मेरो मन्त्री पद बिक्रीमा छ ।

०००
२०८१ भदौ १८
हेटौंडा, मकवानपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहदरबारको पानी

सिंहदरबारको पानी

आर.आर. चौलागाईं
मौन विद्रोह

मौन विद्रोह

आर.आर. चौलागाईं
यमराजको फैसला

यमराजको फैसला

आर.आर. चौलागाईं
माया

माया

आर.आर. चौलागाईं
माथिको आदेश

माथिको आदेश

आर.आर. चौलागाईं
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
0
Would love your thoughts, please comment.x
()
x