साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिमा परशुराम पराजुलीकाे पुस्तक लोकार्पण र आख्यान वाचन

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार एवं पत्रकार विजय चालिसे हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा साहित्यकार एवं पूर्व राजदूत रमेशप्रसाद खनाल हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काडमाडौँ, २०८१ भदौ १६ । सुरभि साहित्य प्रतिष्ठानको १६४ औँ आख्यान वाचन कार्यक्रम तथा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरको लघुकथासङ्ग्रह ‘सावधान’ लोकार्पणको कामर्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कथाकार एवं पत्रकार विजय चालिसे हुनुहुन्थ्यो । विशिष्ट अतिथिमा साहित्यकार एवं पूर्व राजदूत रमेशप्रसाद खनाल हुनुहुन्थ्यो भने अन्य अतिथिहरूमा अभिनव साहित्य समाजका उपाध्यक्ष विमल अर्याल, साहित्यकार भगतदास श्रेष्ठ, कथाकार बखतबहादुर थापा, लघुकथाकार खेमराज पोखरेल, समाजसेवी गोपाल बराल, पत्रकार निर्मल अर्याल, मधुसूदनप्रसाद घिमिरेलगायत अन्य विशिष्ट साहित्यकार, कथाकार, लघुकथाकारहरू हुनुहुन्थ्यो ।

प्रमुख अतिथि विजय चालिसेलगायत अन्य अतिथिहरूले संयुक्तरूपमा पुस्तक लोकार्पण गर्नुभएको थियो । लोकार्पित पुस्तकको समीक्षा लघुकथाकार रामकुमार पण्डित क्षेत्रीले गर्नुभएको थियो । प्रमुख अतिथिले समीक्षकले गरेको समीक्षाको सराहना गर्दै कथाकार परशुराम पराशरलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उहाँले विदेशीको दाँजोमा नेपाली लघुकथालाई ज्यादै छोटा लघुकथा भन्न मिल्ने र यो लेख्न पनि कठिन हुने बताउनुभयो । उहाँले कस्ता प्रकारका र कतिसम्म शब्द भएकालाई लघुकथा भनिन्छ भन्ने कुराको यकिन नभएको बताउँदै रुसी लघुकथा १३५ पृष्ठसम्मको रहेको पनि बताउनुभयो ।

विशिष्ट अतिथि रमेशप्रसाद खनालले लघुकथाको संरचनाका बारेमा बताउँदै नेपाली लघुकथालाई अङ्ग्रेजीमा के भन्ने होला भनेर कुरा उठाउनुभयो । वहाँले अङ्ग्रेजीका सर्ट-स्टोरी भनेका नेपाली लघुकथाभन्दा लामा हुने भएकाले यिनलाई सर्ट-सर्ट-स्टोरी भन्ने त होला भन्ने कुरा बताउनुभयो । यसै गरी अन्य वक्ताहरूमा विमल अर्याल, शीतल गिरीले समेत यो ‘सावधान’ कृति लघुकथाको क्षेत्रमा विशिष्ट रहेको बताउनुभयो ।

प्रतिष्ठानका सदस्य नगेन्द्रप्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको यो कार्यक्रममा पहिले कथावाचन भएको थियो । दीपक लोहनी, कात्यायन, ऋचा, रमेश भट्टराई पुजारी, खेमराज पोखरेल, मधुसूदनप्रसाद घिमिरे, भारद्वाज मित्र, रामचन्द्र खतिवडा, गङ्गाप्रसाद भेटवाल, गोपाल बराल, शैलेन्द्र श्रेष्ठ, निर्मलरमण पराजुली र लीलाराज दाहालले कथा, लघुकथा र निबन्ध वाचन गर्नुभएको थियो ।

दिउँसो १ बजे सुरु भएको यो कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव अच्युत घिमिरेले गर्नुभएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x