फित्काैली डटकमबी.के पाल्पालीको ५० औं जन्मयन्तीमा ‘मञ्जरी’को विमोचन र सिर्जना बाचन
प्रमुख अतिथि साहित्य सन्ध्याका अध्यक्ष रामविनयद्वारा पाल्पालीको तस्विरमा माला लगाई उद्घाटित कार्यक्रममा पाल्पालीका बारेमा साहित्यकार तथा पत्रकार नरनाथ लुइँटेलले पाल्पालीको व्यक्तित्व र कृतित्वको चर्चा गर्नु भएकाे थियाे ।

काठमाडाैं, २०८१ असोज १६ । पत्रकार तथा साहित्यकार बी.के पाल्पालीको ५० औं जन्मजयती भव्यताका साथ मनाइएको छ ।
प्रमुख अतिथि साहित्य सन्ध्याका अध्यक्ष रामविनयद्वारा पाल्पालीको तस्विरमा माला लगाई उद्घाटित कार्यक्रममा पाल्पालीका बारेमा साहित्यकार तथा पत्रकार नरनाथ लुइँटेलले पाल्पालीको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाली साहित्य र पत्रकारिता जगतले एक होनाहार युवा गुमाएको र उनी अझै बाँचेका भए नेपाली वाङ्मयले धेरै सिर्जना पाउने थियो भन्दै पाल्पाली प्रति श्रद्धा सुमन व्यक्त गर्नुभयो ।
पत्रकारिताका भिष्मपितामह वरिष्ट पत्रकार गोपाल थपलियाले बी.के. पाल्पालीले छोटो उमेरमा गरेको कार्यको चर्चा गर्दै यस्ता निडर पत्रकार नेपालामा अझै आवश्य रहेको र पाल्पालीले देखाएको बाटोमा अगाडि बढ्न सक्नु नै सच्चा सम्मान रहेको बताउनु भयो ।
त्यसै गरि नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव गोविन्द चौलागाईले पाल्पालीले पत्रकारितामा गरेको योगदानको चर्चा गर्दे उहाँलाई पत्रकारिता जगतले सधैं सम्झिरहने, उहाँ अमर रहने बताउनु भयो ।
कार्यक्रम विभिन्न चरणमा विभाजन गरिएको थियो । दोस्रो चरणमा झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानकी अभियन्ता रेणुका भट्टराईको झ्याउरे छन्दमा लेखिएको ‘मञ्जरी’ खण्डकाव्यको तेस्रो संस्करण विमोचन प्रमुख अतिथि लगायत अतिथिहरुले सामुहिक रुपमा गर्नु भएको थियो ।
मञ्जरी खण्डकाव्य आज भन्दा २५ वर्ष अगाडि लेखिएको र पहिलो प्रकाशन २०६१ सालमा भएको थियो । दोस्रो संस्नकरण २०८१ साल साउन १७ गते विमोचन भएको हो । प्रकाशन भएको दुई महिनामा नै विक्रि भएर सकिएकाले यसलाई केही संशोधन गरी पुन तेस्रो संस्करण प्रकाशन गरी विमोचन भएको हो । यसमा दोस्रो संस्करणमा भएका भूल सुधार समेत गरिएको जनाइएको छ ।
साहित्यकार इन्दु पन्तले मञ्जरीको कृति समीक्षा गर्दै यसले सामाजिक क्रान्तिको उद्घोष गरेको बताउँदै नारी आफै सक्षम हुन अभिप्ररित गरेको बताउनु भयो ।
साथै लेखिकालाई शुभकामना दिदै विभिन्न अंश बाचन समेत गर्नु भयो । यसै गरी मञ्जरीका बारेमा समीक्षा गर्दे साहित्यकार मञ्जिला अनिलले यो कृतिले नारीलाई शक्तिशाली बनाएको भन्दै मञ्जरीको झ्याउरे लोकछन्दले मेरा हजुर बुबा महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुना मदनलाई सम्झाएको बाताउँदै सुरिलो स्वरमा मञ्जरीका केही अंश बाचन गर्नु भएको थियो । साथै लेखिकालाई शुभकामना दिदै मञ्जरीको दसौं संस्करण आउन सफल होस् भनि शुभकामना समेत दिनु भयो ।
कार्यक्रममा अनेसास विओटी पूर्व अध्यक्ष गीता खत्रीले शुभकामना व्यक्त गर्नु भएको थियो । साथै साहित्यकार इन्दिरा दीक्षितले मञ्जरीबाटै सिर्जना बाचन गर्नु भएको थियो ।
काव्य घर नेपाल मिडिया प्रा.लिको पेरोल काव्य घर साहित्य विभागले आयोजना गरेको कार्यक्रमा तेस्रो चरणको कार्यक्रममा झ्याउरे छन्दलय कविता बाचन रहेको थियो ।
आफ्ना सिर्जना र मञ्जरीबाटै पनि स्रष्टाले सिर्जना बाचन गर्नु भएको थियो । सर्जना बाचन गर्नेहरुमा साहित्यकारहरू ललिता दोषी, गंगा लिगल, भावना न्यौपाने, पेशल कुमार लुइँटेल, सुमिता पौडेल, गंगा खतिवडा र चन्द्र न्यौपाने हुनुहुन्थ्यो ।
आयोजक संस्थाका अध्यक्ष रेणुका भट्टराईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि राम विनयले वी.के पाल्पाली र रेणुका मेरा हाइकु मास्टर हुन् उनीहरुले मलाई हाइकु लेख्न अभिप्रेरित गरेका हुन् भन्दै बी.के र रेणुकालाई भेटाउने कार्य साहित्य सन्ध्याले गरेको स्मरण गर्दै पाल्पालीको कम उमेरमा नै सारै दुःख पाएर भएको निधनले स्तव्ध बनाएको र उनलाई बचाउन रेणुकाले गरेको प्रयासमा साहित्य सन्ध्याको उपस्थितिको सन्दर्भ समेत उल्लेख गर्दै पाल्पालीले नेपाली साहित्यमा गरेको योगदानको प्रशंसा गर्नु भयो ।
साथै छन्द अभियान र रेणुकाको कृतिको पनि शुभकामना दिदै भखरै भएको बाढी पहिरोबाट ज्यान गुमाउनु भएका सम्पूर्ण नेपालीहरुमा श्रद्धासुनम समेत व्यक्त गर्नु भयो ।
साहित्यकार तथा पत्रकार बैरागी जेठाले स्वागत गर्नु भएको कार्यक्रममा सभाध्यक्ष भट्टराईले लेखकीय मन्तव्य सहित सभाध्यक्षको मन्तव्य दिदै बी.के पाल्पालीसँगको स्रष्टा सम्बन्धदेखि जीवन साथीको सम्बन्ध बारेमा बताउँदै भावविव्हल हुनु भएकाे थियाे ।
कार्यक्रमलाई सहज सञ्चालन सिम्रोन पन्तले गेरकी थिइन् । करिव चार दर्जन साहित्यकार तथा पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा वडा दशै तथा तिहार र छठ पर्वको समेत शुभकामना आदान प्रदान गरिएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest





































