साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य शृङ्खला- ५९)

बुढा हुन् पुराना कला मार्गचित्र यिनैबाट काेर्छन् युवाले सचित्र कुनै राष्ट्रघाती नपालून् विवाद छ सन्देश याे राख्नू देवीप्रसाद।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(जेठाबा यसाे भन्छन्)

नयाँ याे जमाना सँगैमा समाज
नयाँ रङ्ग खाेज्दै बढेको छ आज
वयोवृद्धका बातमा छैन साथ
खुलाेस् केगरी खै पलामा प्रभात।।३६९।।

बुढा भावना सुन्न छाडे भुराले
खुँडाझैँ यता हान्न थाले कुराले
गयाे बिग्रँदै सभ्य हाम्रो समाज
यता हेर्छ हेर्दैन खै,राष्ट्र आज।।३७०।।

बसाई उठाई पुरानो हरायो
पढाई नयाँले अझै झन् गलायाे
छ भाषा पुरानो उता भाउ छैन
यता विश्वभाषा नपढ्दा हुँदैन।।३७१

पढाैँ विश्वभाषा बढाेस् ज्ञानगङ्गा
तथा मातृभाषा नपाराैँ अपाङ्ग
पुराना थलाका ढले पाठशाला
यता राष्ट्रले हेर्छ हेर्दैन हाेला?।।७२।।

खुले आज धेरै नयाँ पाठशाला
छ व्यापार गर्ने ठुलो कार्यशाला
बहाना छ शिक्षा दिने भव्य रास
भरे दाम तिर्दा बनाए, निराश।।३७३।।

थियो त्याे जमाना पुरानाे अपार
बढी बालच्चा कुनै एक बार
हुने गर्दथ्याे आगनी नै विहार
गए याम त्यस्ता उतै फर्किएर।।३७४।।

बढी बालबच्चा कमाएर केही
बुबाकाे खलाे पूर्ण पार्थे रमाई
भुरा हुर्किँदा आज हेर्दै निशाना
खलाे बेच्नु पर्ने उदायाे जमाना।।३७५।।

पुराना थलाका सबै मन्त्रतन्त्र
कता थन्किए खाेज मात्रै छ यन्त्र
नयाँ यन्त्र वा मन्त्रकाे खाेज गर्दा
पुरानाे यता बीज गुम्दै छ हेर्दा।।३७६।।

नयाँ साेच बाेकेर आयाे जमाना
तथा राष्ट्रनेता भने छन् पुराना
गरून् चित्त लाएर सिक्षा सुधार
भरे ठाेक्नु पर्ला सबैले निधार।।३७७।।

बुढा हुन् पुराना कला मार्गचित्र
यिनैबाट काेर्छन् युवाले सचित्र
कुनै राष्ट्रघाती नपालून् विवाद
छ सन्देश याे राख्नू देवीप्रसाद।।३७८।।

(क्रमशः)
०००
२०८०/३/२२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x