साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुलपति राईसहितको टोली चीनको छेङ्दु प्रस्थान

तियान्फु बुक फेयरको उद्घाटन एवम् असोज २६ गते हुने चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका पुस्तकहरूको सार्वजनीकरण कार्यक्रम रहेकाे छ ।

Nepal Telecom ad

काठमाडौँ, २०८१ असाेज २४ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई बिहिवार चीन प्रस्थान गर्नुभएको छ ।

चीनको छेङ्दुमा असोज २५ गते हुने तियान्फु बुक फेयरको उद्घाटन एवम् असोज २६ गते हुने चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका पुस्तकहरूको सार्वजनीकरण कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ लाग्नुभएको हो ।

भ्रमणमा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यद्वय डा. कृृष्णराज अधिकारी र हंसावती कुर्मी, प्रतिष्ठानकै शाखा अधिकृत रवीन्द्र तिमसेना एवम् चिनियाँ भाषाविज्ञ एवम् अनुवादक किरण गौतम पनि सहभागी हुनुहुन्छ । उहाँहरू मध्याह्न १२ः०५ बजेको एयर चाइनाको उडानमार्फत छेङ्दु प्रस्थान गर्नुभएको हो ।

नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चीनको नेसनल एड्मिनिस्ट्रेसन अफ प्रेस एन्ड पब्लिकेसनबिच सन् २०२३ को सेप्टेम्बरमा दुई देशका शास्त्रीय ग्रन्थहरू अनुवाद एवम् प्रकाशनसम्बन्धी द्विपक्षीय समझदारी कायम भई सो कार्यान्वयनको जिम्मेवारी नेपाल प्रज्ञा–प्रतिष्ठानले पाएको छ । समझदारीपत्रबमोजिम कुलपति राईकै अध्यक्षतामा नेपालतर्फ नेपाल–चीन संयुक्त विज्ञ समिति गठन भई कार्य अगाडि बढिरहेको छ ।

भ्रमणका क्रममा चीनतर्फको विज्ञ समितिका अध्यक्षलगायत सदस्यहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । सो अवसरमा नेपाली र चिनियाँ पक्षले पहिलो चरणमा अनुवाद एवम् प्रकाशनका लागि छनोट गरेका १३/१३ ओटा पुस्तक सार्वजनीकरण गरिने छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x