साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्धावस्था

पतझर सरि भो’ बैँस लाली जवानी सकस र कस हो वृद्धको जिन्दगानी कति दिन रहने बाथ बेथा खपेर धन बल सकिदा बन्न थाले कसेर ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

अविरल तनमा कम्प छुट्दै छ घाती
प्रतिदिन शिरमा कष्ट बढ्दै छ राति
परिजन किन हो नित्य टाढा हुँदै छन्
पिलपिल विचरा वृद्ध सारा रुँदै छन् ।।१

कुटुकुटु मुटु यो खान्छ कल्ले लुकेर
सहन कठिन भो’ भन्छ पीडा बढेर
परपर सब छन् बढ्न थाल्यो दरार
प्रहर प्रहरमा झिक्न गाह्रो खकार ।।२

चिरबिर नगरी बस्न थाल्यो चकोर
स्मरण पनि घट्हो हुन्छ चिन्ता अघोर
अनुनय नगरे बन्न थाले अटेर
गत र विगतको सुन्छ कल्ले बसेर ।।३

पलपल नभजे मुक्ति मिल्ला महेश
सकल सुत सुता साथ छैनन् विदेश
विभव कति थियो हात लाग्यो अशेष
गलित तन भयो गर्छ कल्ले विवेक ।।४

पतझर सरि भो’ बैँस लाली जवानी
सकस र कस हो वृद्धको जिन्दगानी
कति दिन रहने बाथ बेथा खपेर
धन बल सकिदा बन्न थाले कसेर ।।५

०००
पाउँदीबजार, लमजुङ
सम्प्रति-विष्णुदेवी आवास, सतुङ्गल

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
जागादीश्वर पोखरेल
जागादीश्वर पोखरेल
1 year ago

लोकप्रिय फित्कौली डटकमले नेपाली भााषा साहित्य कलामाा अतुलनीय योगदान पुऱ्यइरहेको छ । प्रधान सम्पादक नरनाथ लुइँटेलको योगदनको कदर गर्नै पर्दछ । सामााजिक कार्यमा समर्पित हुनु भनेको चानचुने कुरा होइन । सर्जकका सिर्जनाहरू लाखौँ भावक सामु पुऱ्याइ दिनु हुन्छ । ओझेलमा परेका सर्जकलाई प्रकाशित गरिदिनु भएको छ । भावकले पढ्न पाउँछन् । फित्कौली परिवारमा आभार व्यक्त गर्दछु ।

Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
1
0
Would love your thoughts, please comment.x
()
x