साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्रष्टा राधेश्याम लेकाली गुञ्जन साहित्य पुरस्कारद्वारा पुरस्कृत

प्रमुख अतिथि साहित्यकार एलबी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दश हजारसहित सो सम्मान लेकालीलाई प्रदान गर्नुभएको हो ।

Nepal Telecom ad

काठमाडौं, २०८१ कार्तिक ५ । गुञ्जन (नारी साहित्यिक संस्था) ले साहित्यकार राधेश्याम लेकालीलाई “गुञ्जन साहित्य पुरस्कार २०८०” बाट सम्मानित गरेकाे छ ।

गुञ्जनकी अध्यक्ष जलेश्वरी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एलबी क्षेत्री, वरिष्ठ कवि द्वारिका श्रेष्ठ र वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठले नगद दश हजारसहित सो सम्मान लेकालीलाई प्रदान गर्नुभएको हो ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार एलबी क्षेत्रीले “नारीवाद” विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

संस्थाकी महासचिव सुस्मिता नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x