सुरेशकुमार पाण्डेडुब्न लागेको डुङ्गा
मखमलीले सुनेनसुन्याझैँ गर्यो । त्यो देखेर रामे बिस्तारै बाहिर निस्कियो । “ज्यान बचे लाखौँ पाए ।”- रामे बाहिर निस्किएर सुस्तरी भन्यो र फटाफट पाइला चाल्यो ।

सुरेशकुमार पाण्डे :
“सफल राजनीतिज्ञ भनेकै दाउँपेच गर्न जान्नु हो । त्यसो गर्न नसक्नेहरू चुनाव पनि जित्न सक्दैनन् । मन्त्रीको कुरा त परैजावस् ।”- मखमलीले आफ्ना जुँगा बटार्दै भन्यो ।
“त्यो त हो ! तर कहिलेकाहीँ त पच्छारिन्छ पनि रिक्स लिँदा ।”- रामेले चियाको चुस्की लिँदै भन्यो ।
ऊ नेताको पिए हो ।
“त्यसैको लागि त हो नि झोलेहरू राखेको । मसँग अहिले पनि पचास जना झोलेहरू छन् तिमीलाई थाहा छ । मैले इसारा गर्दा बित्तिकै एउटाले कम्तीमा पाँच सय जना तुरून्तै फिल्डमा उतार्न सक्छ । अनि मलाई त सरकारले आफै जोगाउँछ ।”- मखमली कुटिल मुस्कुराउँदै भन्यो ।
“सर ! उता हेर्नु त टिभीमा समाचार आइरहेको छ ।”- रामेले टिभीतिर इसारा गर्यो ।
“आज नेता मखमलीले गरेको घोटाला सम्बन्धी सुनाई भयो । नेताजीको गैर हाजिरमा सुनाएको फैसलाको पैरवी नेता मखमलीका वकिलले गरेका थिए ।
नेता मखमलीलाई अविलम्वन गिरफ्तार गर्ने अदालतले निर्देशन जारि गरेको छ । समाचार पुरा भयो-
“यो कसरी भयो बिर्खेलाई फोन मिला त भोलि एकै समयमा सबै शहरहरूमा आन्दोलन हुनुपर्छ बुझिस् ?”-मखमलीले रामेलाई भन्यो।
“सर सबैका स्विचअफ छन् ।”- रामेले एकछिन पछि फोन मिलाउँदै भन्यो ।
“ के भन्छ ? त्यो लालेलाई मिला !”- मन्त्रीका दुवैतिरका जुँगा तल झुकेका छन् । मुहारमा कालो बादल जस्तै छ ।
“सर लाले, काले, ताले, पाले, झाले सबैलाई मिलाएँ कतै मिलेन फोन ।” – रामे सबैका नाम गिनाउँदै भन्यो ।
“यही बेला सबैको स्विचअफ छ ।”- नेताले आफै फोन लगाउन थाल्यो ।
“सर ! मेरो घरबाट फोन आयो म एकछिन घर जान्छु है ।”- रामेले बिदा माग्यो ।
मखमली सुन्या नसुन्याझैँ गर्यो । त्यो देखेर रामे बिस्तारै बाहिर निस्कियो ।
“ज्यान बचे लाखौँ पाए ।”- रामे बाहिर निस्किएर सुस्तरी भन्यो र फटाफट पाइला चाल्यो ।
०००
दाङ घोराही १८
Subscribe
Login
0 Comments
Oldest







































