साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डुब्न लागेको डुङ्गा

मखमलीले सुनेनसुन्याझैँ गर्‍यो । त्यो देखेर रामे बिस्तारै बाहिर निस्कियो । “ज्यान बचे लाखौँ पाए ।”- रामे बाहिर निस्किएर सुस्तरी भन्यो र फटाफट पाइला चाल्यो ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सफल राजनीतिज्ञ भनेकै दाउँपेच गर्न जान्नु हो । त्यसो गर्न नसक्नेहरू चुनाव पनि जित्न सक्दैनन् । मन्त्रीको कुरा त परैजावस् ।”- मखमलीले आफ्ना जुँगा बटार्दै भन्यो ।

“त्यो त हो ! तर कहिलेकाहीँ त पच्छारिन्छ पनि रिक्स लिँदा ।”- रामेले चियाको चुस्की लिँदै भन्यो ।
ऊ नेताको पिए हो ।

“त्यसैको लागि त हो नि झोलेहरू राखेको । मसँग अहिले पनि पचास जना झोलेहरू छन् तिमीलाई थाहा छ । मैले इसारा गर्दा बित्तिकै एउटाले कम्तीमा पाँच सय जना तुरून्तै फिल्डमा उतार्न सक्छ । अनि मलाई त सरकारले आफै जोगाउँछ ।”- मखमली कुटिल मुस्कुराउँदै भन्यो ।

“सर ! उता हेर्नु त टिभीमा समाचार आइरहेको छ ।”- रामेले टिभीतिर इसारा गर्‍यो ।
“आज नेता मखमलीले गरेको घोटाला सम्बन्धी सुनाई भयो । नेताजीको गैर हाजिरमा सुनाएको फैसलाको पैरवी नेता मखमलीका वकिलले गरेका थिए ।

नेता मखमलीलाई अविलम्वन गिरफ्तार गर्ने अदालतले निर्देशन जारि गरेको छ । समाचार पुरा भयो-
“यो कसरी भयो बिर्खेलाई फोन मिला त भोलि एकै समयमा सबै शहरहरूमा आन्दोलन हुनुपर्छ बुझिस् ?”-मखमलीले रामेलाई भन्यो।

“सर सबैका स्विचअफ छन् ।”- रामेले एकछिन पछि फोन मिलाउँदै भन्यो ।
“ के भन्छ ? त्यो लालेलाई मिला !”- मन्त्रीका दुवैतिरका जुँगा तल झुकेका छन् । मुहारमा कालो बादल जस्तै छ ।

“सर लाले, काले, ताले, पाले, झाले सबैलाई मिलाएँ कतै मिलेन फोन ।” – रामे सबैका नाम गिनाउँदै भन्यो ।
“यही बेला सबैको स्विचअफ छ ।”- नेताले आफै फोन लगाउन थाल्यो ।

“सर ! मेरो घरबाट फोन आयो म एकछिन घर जान्छु है ।”- रामेले बिदा माग्यो ।
मखमली सुन्या नसुन्याझैँ गर्‍यो । त्यो देखेर रामे बिस्तारै बाहिर निस्कियो ।
“ज्यान बचे लाखौँ पाए ।”- रामे बाहिर निस्किएर सुस्तरी भन्यो र फटाफट पाइला चाल्यो ।

०००
दाङ घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जेल

जेल

सुरेशकुमार पाण्डे
चेतना

चेतना

सुरेशकुमार पाण्डे
जनादेश

जनादेश

सुरेशकुमार पाण्डे
प्रतिनिधि

प्रतिनिधि

सुरेशकुमार पाण्डे
पर्व

पर्व

सुरेशकुमार पाण्डे
झुण्ड

झुण्ड

सुरेशकुमार पाण्डे
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x