के.के. कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा लाेकार्पित
जीवन भोगाइका यथार्थ तथ्यहरूलाई संवादको शैलीमा आधारित भई लेखिएको र कलाकारकै बाल्यजीवनका विविध पाटा, पात्र र परिवेशहरूलाई आकर्षक सन्दर्भ चित्रका रूपमा रङ्गीन कलाचित्र कलाकार कर्माचार्य आफैंले बनाउनुभएको छ ।
काठमाडाैं, २०८१ कार्तिक २० । कलाकार के.के. कर्माचार्यको जीवनीमा आधारित बालचित्र कथा ‘हिलोमा फुलेको फूल’ को पहिलो भाग लोकार्पण भएको छ । कर्माचार्यको जीवनीलाई बालसाहित्यकार विजयराज आचार्यले लेख्नुभएको सो कृतिको वरिष्ठ कलाकार हरिप्रसाद शर्माले सार्वजनिक गर्नुभएको हो ।
विवेक सिर्जनशील प्रकाशनले प्रकाशनमा ल्याएको र नेपाल बालसाहित्य समाजले आयोजना गरेको कार्यक्रममा साहित्य, राजनीति, कलाक्षेत्रका वरिष्ठ व्यक्तिहरूले कलाकार कर्माचार्यको जीवन, संघर्ष र सफलताका बारेमा बोल्नुभएको थियो ।
जीवन भोगाइका यथार्थ तथ्यहरूलाई संवादको शैलीमा आधारित भई लेखिएको र कलाकारकै बाल्यजीवनका विविध पाटा, पात्र र परिवेशहरूलाई आकर्षक सन्दर्भ चित्रका रूपमा रङ्गीन कलाचित्र कलाकार कर्माचार्य आफैंले बनाउनुभएको छ ।
यौटा कलाकारको संघर्षको कथा र व्यथासँगै त्यो बेलाको काठमाडौंको जीवनशैली र बस्ती, बसोबासका विविध पाटालाई कलाकार कर्माचार्यले कलात्मक रूपमा उतारेको र कर्माचार्यको जीवनीलाई लेखक आचार्यले सजीव रूपमा प्रस्तुत गरेको कार्यक्रममा वक्ताहरूले बताउनुभएको थियो ।
बालसाहित्यकार विजयराज आचार्यका यसअघि १३५ वटाभन्दा बढी बालसाहित्यका पुस्तकहरू प्रकाशित भइसकेका छन् । उहाँ विवेक सिर्जनशील प्रकाशन प्रा.लि.का संस्थापकसमेत हुनुहुन्छ ।
सो बालसाहित्य कृति ‘हिलोमा फुलेको फूल’ को मूल्य तीन सय रहेको छ ।
०००
Subscribe
Login
0 Comments
Oldest