काभ्रेमा देवकोटा जयन्तीमा ‘झ्याउरे छन्दकविता वाचन’ हुँदै
काठमाडौँ, २०८१ कार्तिक २२ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीका अवसरमा काव्य घर नेपाल मिडिया प्रा.लि.को पेरोल काव्य घर (साहित्य विभाग) र झ्याउरे छन्दलय कविता लेखन अभियानको संयुक्त आयोजनामा ‘झ्याउरे छन्दलय कविता बाचन’ कार्यक्रम काभ्रेबाट शुरू हुँदैछ ।
अभियानलाई व्यापक बनाउने उद्देश्य अनुरुप पहिलो कार्यक्रम काभ्रे जिल्लाबाट थालनी गरिएकाे हाे । २०८१ साल कार्तिक २३ गते शुक्रबार याे कार्यक्रमकाे हुँदैछ । दिउँसो १ः३० बजे शव्दयात्रा प्रकाशनको सभाहल बनेपाबाट कार्यक्रम हुने निमन्त्रणा पत्रमा अनुरोध गरिएको छ ।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीकाे अवसर पारेर शुरु गरिएको झ्याउरे छन्दकाे पुनर्जागरण अभियान हो । यो ‘झयाउरे छन्दलयमा कविता लेखन पुनर्जागरण अभियान पनि ’हो ।
यसअभियानकी अभियन्ता रेणुका भट्टराई हुनुहुन्छ । मञ्जरी खण्डकाव्यको दोस्रो संस्करण प्रकाशन पछि सशक्त रुपमा यस अभियानमा लागेकी भट्टराई आफै सञ्चारकर्मी पनि हुन्हुन्छ । झ्याउरे छन्दलयलाई उचाईमा पुर्याउन, हाम्रा नेपाली मौलिकतालाई विश्वबजारमा पुर्याई नेपालको थप उचाई र गरिमा विश्वमा चिनाउँ भन्ने उद्देश्यका साथ शुरु गरिएको यो अभियानले सबैको मन जितिरहेको छ ।
अभियानलाई अझै फराकिलो बनाउँदै जाने र विभिन्न जिल्ला देश हुँदै संसारभर पुर्याउने अठोट र दृढ संकल्प रहेको हामीलाई बताउनु भयो । यस शुभ कार्यमा सबैको सहयोग माग्दै यो अभियानमा आह्वान समेत गरिएको छ ।
अभियानले विभिन्न जिल्ला र देशका प्रतिनिधि अभियन्ता समेत बनाइसकेको छ । २५ जिल्ला र देशका प्रतिनिधि अभियन्ताहरु क्रियाशील रहेको पनि उहाँले जानकारी दिनु भयाे । काव्य घर नेपाल मिडिया प्रा.लिका अध्यक्ष समेत रहनु भएको भट्टराई विभिन्न गतिविधिमा समेत सक्रिय रहँदै आउनु भएकाे छ ।
०००
Subscribe
Login
0 Comments
Oldest