साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जीवराज भट्टराईको कथासङ्ग्रह ‘अभिशप्त कुइनेटाहरू’ लोकार्पित

कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.महेशकुमार आचार्यलगायतले लाेकार्पण गरेका हुन् ।

Nepal Telecom ad

काठमाडौं २०८१ मङ्सिर १ । नेपाल स्रष्टा समाजको आयोजनामा शनिबार कथाकार जीवराज भट्टराईको कथासङ्ग्रह ’अभिशप्त कुइनेटाहरू’ लोकार्पित भयो ।

कृतिलाई वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा, रोचक घिमिरे, श्रष्टा समाजका अध्यक्ष वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्रा.डा.महेशकुमार आचार्य, वरिष्ठ साहित्यकार पवन आलोक, प्रा.डा. गोपिन्दप्रसाद पौडेल, डा.दिनबन्धु शर्मा, कृतिकार जीवराज भट्टराई लगायतले लोकार्पण गरे ।

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले अघिल्लो कृति पढेको आधारमा कथाहरू उत्कृष्ट भएको अनुमान गर्न कठिन नहुने बताए ।

वरिष्ठ साहित्यकार रोचक घिमिरेले पठनीय कृतिको निम्ति कथाकारलाई बधाई दिँदै साहित्यका क्षेत्रमा देखिएका विकृतिहरू चिर्नुपर्ने औंल्याए ।

यस अघि लोकार्पित कृतिमाथि टिप्पणी गर्दै डा.शान्तिमाया गिरीले कथाकारले देखेभोगेका, बुझेका, मनले अनुभूति र समाजका जटिलताहरू कथाहरू कोरिएको भन्दै कुनै पनि विषयमा सुक्ष्म विश्लेषण गर्ने कथाकारमा खुवी भएको बताइन् ।अर्का टिप्पणीकर्ता प्रा.डा.दीनबन्धु शर्माले बहुकथाको स्वरुप केही कथामा आएको टिप्पणी गरे । उनले केही कथाहरूले पाठकहरूलाई स्थान दिने काम गरेको बताए ।

कार्यक्रमका सभापति श्रीओम श्रेष्ठ ‘रोदन’ले नेपाली साहित्यको सबैभन्दा कान्छो कथाकृति आएकोमा कथाकारलाई बधाई दिँदै प्रकाशनको जिम्मेवारीप्रति आभार व्यक्त गरे ।

“नेपाली साहित्यक्षेत्रमा देखापरेका विकृति औँल्याउँदै चर्चा पाउने कृति ओझेलमा पर्ने गरेका सैयाैँ उदाहरण मसँग छन् । एकातिर हल्ला गर्न जानेका किताब पुरस्कृत हुने प्रवृत्ति देखिएको छ । अर्कोतिर लेखक स्वयंले पाठक खोज्नुपर्ने बाध्यता छ, जसको अन्त्य अनिवार्य छ ।” उनले राज्यले स्रष्टाहरूको उचित सम्मान गर्न नसकेको प्रति समेत खरो टिप्पणी गरे ।

यस अघि शुभकामना मन्तव्य दिँदै प्रा.डा.महेशकुमार आचार्य र डा.गोविन्दप्रसाद पौडेलले समाजलाई नजिकबाट विविधतामा हेर्न सक्ने कथाकारको रुपमा भट्टराईको प्रशंसा गरे । समाजका सचिव प्रकाश घायलले स्वागत मन्तब्य राखेको उक्त कार्यक्रमको सञ्चालन उपाध्यक्ष डा. सदानन्द कडेलले गरेका थिए ।

०००

– प्रदीप सापकाेटाकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x