सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

चन्द्रागिरि साहित्य सराेवरकाे ३७ औँ साहित्यिक कार्यक्रम

भाषाविद तथा कवि डा. बलदेव गाउँलेकाे प्रमुख आतिथ्य र सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा १५ जना कविहरुले आ आफ्ना रचना पाठ गर्नुभएकाे थियाे ।

Nepal Telecom ad

काठमाडाैं, २०८१ मङ्सिर ८ । चन्द्रागिरि साहित्य सराेवरकाे ३७ औँ साहित्यिक कार्यक्रम मुनाल क्लवकाे सभाहलमा सम्पन्न भयाे ।

भाषाविद तथा कवि डा. बलदेव गाउँलेकाे प्रमुख आतिथ्य र सराेवरका संयाेजक गाेपीचन्द्र कार्कीकाे सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा १५ जना कविहरुले आ आफ्ना रचना पाठ गर्नुभएकाे थियाे ।

हरिनारायण सुवेदीज्यूकाे बा शीर्षककाे कविता समसामयिक विषयवस्तु समेटिएकेा मार्मिक थियाे । कार्यक्रममा पहिलेा पटक सहभागी हुनु भएका सुदन लुइटेलले गजल बडाे मार्मिक र विम्वहरुले भरिएका, ठूलाे पहराे पनि आखिर सानै हथैाडाले फुटाउँछ भन्ने थियाे ।

कृष्णबहादुर कार्कीकाे कविता निकै मार्मिक र ओजपूर्ण थियाे । विद्वान कवि हरिशरण आचार्यले छन्दका बारेमा छाेटाे समयमा पनि सविस्तार पार्नु भयाे । काशिराज सुवेदीले कथा दाेहरी रहन्छ भनेर आफ्ना कथाका मार्मिक भूमिका सुनाउनु भएकाे थियाे ।

नियमित कविता वाचन गर्ने तुलसीराम भण्डारीले दुईवटा गजल वाचन गर्नुभयाे । कवि हरि पाैडेलले माेवाइलका बारेमा लेख्नु भएकाे सिर्जना वाचन गर्नु भएकाे थियेा ।

भक्तपुर जगातेदेखि आइपुग्नु भएका कवि राजुले पृथ्वी वाहेक अन्यलाेकमा मानिसकाे उपस्थित छ त भनी नासाले खाेज अध्ययन गरेकाबारे लेखिएकाे कविता सुनाउनु भयाे भने मालता वेलवासेले जीवनमा घटेका घटनामा आधारित मिठाे कविता सुनाउनुभएकाे थियाे ।

सभाध्यक्ष गाेपीचन्द्र र अन्तमा प्रमुख अतिथि भाषाविद् डा. गाउँले बलदेव अधिकारीले छन्दाेवद्ध मार्मिक कविता सुनाउँदै वाचन भएका कविताबारे पनि समीक्षा गर्नु भएकाे थियाे ।

कार्यक्रमकेा सञ्चालन साहित्य सराेवरका सदस्य गेाविन्दशरण भण्डारी गर्नु भएकाे थियाे । कार्यक्रममा विष्णुदेवी माविबाट ४ जना कवियत्रीहरुकाे ( स्वर्निमा, भूमिका, मेनाज ,…)उपस्थिति थियाे ।

कार्यक्रममा उपस्थित सबैमा धन्यवाद दिँदै उपस्थित कविज्यू लगायत प्रमुख अतिथिज्यूमा पनि चन्द्रागिरि साहित्य सरेावर एवं मुनाल पुस्तकालय समितिका तर्फबट मुरीमुरी हार्दिक कृतज्ञता ज्ञापन गरिएकाे थियाे ।

०००
– गाेपीचन्द्र कार्कीकाे साैजन्यतामा

Fitkauli Publication Books comming soon
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x