फित्काैली डटकममनोहरा साहित्य समाजकाे ९५ अौं शृङ्खला मासिक रचनावाचन
डिल्लीराज अर्यालको अध्यक्षता, आर सी रिजालको प्रमुख आमन्त्रितत्वमा र भावककेशर बरालको सहजीकरणमा सञ्चालित यो नियमित कार्यक्रममा २४ जन स्रष्टाहरूको सहभागिता रहेको थियो ।

काठमाडाैं, २०८१ मङ्सिर ८ । मनोहरा साहित्य समाजको ९५ अौं शृङ्खला ग्लोबल पब्लिक स्कुल टाउनप्लानिङको सभाहलमा सम्पन्न भएको छ।
डिल्लीराज अर्यालको अध्यक्षता, आर सी रिजालको प्रमुख आमन्त्रितत्वमा र भावककेशर बरालको सहजीकरणमा सञ्चालित यो नियमित कार्यक्रममा निम्नानुसार स्रष्टाहरूको सहभागिता रहेको थियोः
१. डिल्लीराज अर्याल-स्वागत मन्तव्य र कविता “बाघहरू जब बूढा हुन्छन् ” – मातृक छन्दमा, २.सञ्जय सोती- मुक्त कविता” गङ्गा पौडेल कर्माचार्यप्रति”, ३.अर्पण अर्याल (बाल प्रतिभा) कविता” मुसो र मुसी”, ४.वासुदेव पौडेल -मुक्त कविता “मान्छे के हो ?” शार्दूलविक्रीडितमा, ५.नूरदेव खनाल- मुक्त कविता ” परनिर्भर बनाइएको देश”, ६. ओमप्रसाद आचार्य-मुक्त कविता “कविताको डबलीमा”, ७. रत्ननिधि रेग्मी -कविता”परिवेदना” मालिनीमा, ८.शारदा पराजुली – कविता” चित्रकारी” मालिनीमा, ९.परशुराम पराशर- ” विविधता ” उपजातिमा ।
त्यसै गरी १०.दीनानाथ पोखरेल- “मेरो कर्तव्य” तोटकमा, ११.सूर्यप्रसाद डुम्रे -मुक्त कविता “गरिबको व्यथा”, १२. भालचन्द्र भण्डारी -मुक्त कविता ” सुमधुर क्षण चियासित” चम्पू काव्यभित्रबाट अनुष्टुप् छन्दको कविता, १३.छविलाल अधिकारी -मुक्त कविता “सम्झनाले मन छुँदा” लोकलयमा, १४.गणेशराज अधिकारी -मुक्त कविता “नागरिक बाकस”, १५. अशोककुमार लामिछाने -मुक्त कविता “को राम्रो को नराम्रो ” अनुष्टुप्मा, १६.च्यवन बस्नेत ठुलाघरे-गजल-उमेर सकियो जवानी सकियो …., १७. विजया बस्नेत- गजल- कसैको भागमा बादल पर्छ कसैका भागमा जून पर्छ..सुन, हुन, रुन, छुन काफियाहरूमा,
त्यसै गरी, १८. लीलाराज दाहाल-गजल स्वाभिमानी गालाभरि अनुदानको डाम थियो… ,काम, खाम, लगाम, नाम काफियाहरूमा, १९.अनन्तकुमार बस्नेत- कविता “अलौकिक हिमालय” वसन्ततिलकामा, २०. कृष्णप्रसाद पौडेल – कविता “भन्ने जमाना गयो” शार्दूलविक्रीडितको सिलोके लयमा, २१.राजेन्द्रकुमार बर्तौला- कविता “पर्खिबस तिमी”, २२.भावकेशर बराल- कविता “बुद्ध र आगो”, २३. एम के पराशर- चिठीशैलीमा कविता” माफ गरिदेऊ”, २३. आर सी रिजाल- मिठो मन्तव्य र ” छोरीलाई अर्ती” सिलोके लयमा, २४.खोलाघरे साहिँलो – वाचित रचनाहरूको सङ्क्षिप्त टिप्पणी र कविता ” कविता नफुरेकामा” मालिनीमा ।
चिरञ्जीवी रेग्मी – सभ्य श्रोताका रूपमा उपस्थित ।
०००
– खाेलाघरे साहिँलाकाे टिपाेटमा भावकेशर बरालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































