सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रणय दिवसमा विशेष हास्यव्यङ्ग्य कविता वाचन

कार्यक्रममा १५ जना स्रष्टाहरूले प्रणय भावका हास्यव्यङ्ग्य रचनाहरु वाचन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले गर्नुभएको थियो।

Nepal Telecom ad

नेपाली हास्यव्यङ्ग्यको मझेरी बाङ्गा अक्षरले फेब्रोवरी १४, २०२५ का दिन प्रणय दिवस विशेष हास्यव्यङ्ग्य कविता वाचन कार्यक्रम आयोजना गर्यो।

जुम प्रविधि मार्फत आयोजना गरिएको उक्त उक्त कार्यक्रममा हास्यव्यङ्ग्यकार एवं फित्कौली अनलाइन पत्रिकाका प्रधान सम्पादक नरनाथ लुइँटेल प्रमुख अतिथि हुनुहुन्थ्यो।

कार्यक्रममा १५ जना स्रष्टाहरूले प्रणय भावका हास्यव्यङ्ग्य रचनाहरु वाचन गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन बाङ्गा अक्षरका संयोजक नारायण भट्टराईले गर्नुभएको थियो।

डिसी नेपाल अनलाइन मिडियाबाट लाईभ प्रशारण भएको उक्त कार्यक्रम तीन पटक ओम्कार ध्वनि उच्चारण गरेर शुरु गरिएको थियो।

करिव एक घण्टा बिस मिनेट सञ्चालन भएको उक्त कार्यक्रममा अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजका महासचिव तथा साहित्यकार राजु सिटौला, साहित्यकारहरु विश्वराज अधिकारी, ऋषि बस्ताकोटी, शिव पलाँस, अमर कार्की, युवराज भण्डारी, जमुना भट्टराईले प्रणय भावका रचनाहरु बाचन गर्नु भएको थियो।

त्यस्तै गरी गायत्री लम्साल, प्रमोद अमात्य, राजेन्द्र कार्की, टिका लम्साल, बाबु आचार्य, भोज अर्याल, अर्जुन दाहाल र नारायण भट्टराईले आ -आफ्ना रचना वाचन गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि नरनाथ लुइँटेलले चोटिलो व्यङ्ग्य कविता वाचन गरेर कार्यक्रमलाई थप राेचक बनाउनु भएको थियो। उहाँले आफ्नो रचना वाचन गर्नुभयो र नेपाली हास्यव्यङ्ग्यको विकास र वर्तमान अवस्थाको बारेमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा वाचन गरिएका कविताहरुमा छोटो टिप्पणी गर्दै लुइटेलले भन्नु भयो नेपालमा भएकाे २०४६ साल पछिकाे राजनैतिक परिवर्नत पछि नेपाली हास्यव्यङ्ग्य साहित्य बढी व्यङ्ग्य प्रधान भएको छ।

कार्यक्रमको सुरु र अन्त्य डि सी नेपालबाट प्रसारण हुने द ब्रिज टकका सञ्चालक, कमेडियन तथा बाङ्गा अक्षरका कार्यकारी सदस्य अर्जुन दाहालले आफ्ना रमाइला मुक्तक र रसिक किस्साहरुबाट गर्नु भएको थियो।

०००
– नारायण भट्टराईकाे साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x