साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मातृमहिमा

आमा हुन् दरबार भव्य र ठुलो सन्तान खोपासरि आमा सागर हुन् अथाह जलको सन्तान थोपासरि । आमा हुन् सब बाँस झ्याङ तिनका सन्तान तामासरि तिम्रो चित्र उतार्न यो कलम के सक्थ्यो कठै ! के गरी ?

Nepal Telecom ad

वासुदेव पाण्डेय :

धर्तीझै भरिपूर्ण, छ्यौ गगनझै छ्यौ स्थूल आमा तिमी
माया, धैर्य, सुसिर्जना र करुणा हौ मूल आमा तिमी ।
उस्तै जाँगर, कर्मशील, ममता छ्यौ दक्ष आमा तिमी
तिम्रा लागि समान सन्तति सबै निष्पक्ष आमा तिमी ॥

आमा छिन् घर स्वर्गतुल्य रसिलो चम्की सिताराहरू
आमा व्योम समान स्वच्छ र सफा सन्तान ताराहरू ।
आमा छैन भने त जीवन हुने निष्प्राण संसारका
आमाभित्र पगाल्न शक्ति छ कडा पाषाण संसारका ॥

आमा सूर्य समान छिन् र जगको सम्भार गर्छिन् सदा
न्यानो ज्योति सप्रेम उच्च करुणा वात्सल्य छर्छिन् सदा ।
आमाको ममता छ रश्मिसरिको देखिन्छ हिँड्ने पथ
आमा अक्ष भएर घुम्दछ सधैं यो जिन्दगीको रथ ॥

पीडा, दर्द, अशान्ति वा छटपटी बढ्थ्यो म हारेपछि
हुन्थ्यो रोग निको तुरुन्त करले आई मुसारेपछि ।
आमाको कर औषधी अमृतझै, मुस्कान सञ्जीवनी
आमा दृष्टि पुऱ्याउँछिन् दशदिशा रोकिन्न दैनन्दिनी ॥

आमाको महिमा अपार छ कहाँ लेखेर सिद्धिन्छ र
आमा काख समान भव्य र ठुलो के ठाउँ भेटिन्छ र ?
आमाको मन फैलियो अझ बढी, सन्तानको खुम्चिई
आमाको मन दाँज्न शब्द छ भने किन्थें म नै बेचिई ॥

खोजी जागिर चैन सौख सुविधा सन्तान जान्छन् पर
आमाको मुख हेर्न मात्र अहिले सन्तान फिर्छन् घर ।
आफू मर्न तयार सन्तति कतै नासिन्छ भन्ने डर
मानी मौन रहेर वृद्ध जननी कुर्छिन् पुरानो घर ॥

आमा हुन् दरबार भव्य र ठुलो सन्तान खोपासरि
आमा सागर हुन् अथाह जलको सन्तान थोपासरि ।
आमा हुन् सब बाँस झ्याङ तिनका सन्तान तामासरि
तिम्रो चित्र उतार्न यो कलम के सक्थ्यो कठै ! के गरी ?

०००
दुलही (२०७८)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आमाविनाको घर

आमाविनाको घर

वासुदेव पाण्डेय
छन् धूर्त नेतागण

छन् धूर्त नेतागण

वासुदेव पाण्डेय
गुनासो

गुनासो

वासुदेव पाण्डेय
कहाँ बुद्ध हुन्छन् ?

कहाँ बुद्ध हुन्छन् ?

वासुदेव पाण्डेय
गर्ने गरौँ आदर

गर्ने गरौँ आदर

वासुदेव पाण्डेय
गुटभित्र चिराहरू छन्

गुटभित्र चिराहरू छन्

वासुदेव पाण्डेय
0
Would love your thoughts, please comment.x
()
x