
तीन ठाेक्तक
उर्लँदो खहरे त देखिएकै छ गड्गडाएको, सारालाई सधैँ लात हान्छ, छोटो बढेपछि ।

अमर सन्तति :
१.
सबैभन्दा यो नै रहेछ असल
चौबर नाफाको रहेछ पसल
बिना लगानी लटरम्मै फल्ने
राजनीति नै पो रहेछ फसल ।
२.
आफ्नै गरेको बखानै छ मीठो
मनको लड्डु मखानै छ मीठो
भए पनि भोको पारेर मख्ख
दुनियाँ हँसाउने उखानै छ मीठो ।
३.
आफूलाई मसिहा ठान्छ, छोटो बढेपछि
अरुलाई अति तुच्छ मान्छ, छोटो बढेपछि
उर्लँदो खहरे त देखिएकै छ गड्गडाएको,
सारालाई सधैँ लात हान्छ, छोटो बढेपछि ।
०००
भक्तपुर
Subscribe
Login
0 Comments
Oldest