साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परशु-कल्पना स्रष्टा सम्मानद्वारा रसिक र सापकोटा सम्मानित

समाजको मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई संयुक्त रुपमा उक्त सम्मानद्वारा सम्मानित गरिएको हो । आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो ।

Nepal Telecom ad

काठमाडौं । परशु-कल्पना स्रष्टा सम्मान-२०८१ द्वारा वरिष्ठ आख्यानकारद्धय गणेश रसिक र ध्रुव सापकोटा सम्मानित भए ।

नेपाल स्रष्टा समाजको मंगलबार आयोजित कार्यक्रममा उनीहरुलाई संयुक्त रुपमा उक्त सम्मानद्वारा सम्मानित गरिएको हो ।

आख्यानकारद्वयलाई जनही ५० हजार १०१ रुपैयाँको राशिसहित सम्मानपत्र प्रदान गरेको हो ।

नेपाली साहित्यको आख्यान क्षेत्रमा पाँच दशकभन्दा बढी समयदेखि योगदान दिएबापत सापकोटा र रसिकलाई सम्मान अर्पण गरिएको हो ।

साहित्यकार पवन आलोकको संयोजकत्वमा गठित समितिले गरेको सम्मान सिफारिस समाजको कार्यसमिति बैठकले स्वीकृत गर्दै सापकोटा र रसिकलाई छनोट गरेको हो ।

कार्यक्रमका वरिष्ठ अतिथि नगेन्द्रराज शर्मा र रोचक घिमिरे, पुरस्कारका संस्थापक मध्येका प्रतिबोध प्रधान, प्रतिमा प्रधान न्यौपाने, प्रतिक्षा प्रधान जोशी लगायतले उक्त सम्मान अर्पण गरे ।

उक्त सम्मान नेपाली साहित्यमा आख्यान लगायत विभिन्न विधामा सशक्त कलम चलाएका बरिष्ठ आख्यानकार स्व. परशु प्रधान र उनकी धर्मपत्नी कल्पना प्रधानको नाममा उनका छोराछोरीहरुले स्थापना गरेका हुन् ।

वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले उचित व्यक्तिको नाममा रहेको पुरस्कार सही व्यक्तिले पाएको बताए । उनले यस्ता पुरस्कार र छनोटले साहित्यकारलाई प्रेरणा मिल्ने भन्दै यसले निरन्तरता पाउनेमा विश्वास व्यक्त गरे ।

साहित्यिक पत्रकार रोचक घिमिरेले प्रधानसँग आफ्नो चिनजान वि.सं. २०१८ सालबाट भएको स्मरण गरे । ‘रचना’ साहित्यिक पत्रिकामा प्रधानले भोजपुरबाट धेरै योगदान गरेको चर्चा गरे ।

नेपाल स्रष्टा समाजका संरक्षक तथा पुरस्कार छनोट समितिका संयोजक पवन आलोकले आफू परशु प्रधानको प्रेरणाले साहित्यमा आएको बताए । भोजपुरको विद्यालयमा शिक्षक हुँदा नै प्रधानले आफूलाई साहित्यमा लाग्न प्रेरित गरेको उनले बताए ।

कार्यक्रममा प्राडा. कृष्णप्रसाद दाहालले परशु प्रधान नेपाली साहित्यको बृहस्पति भएको बताए ।

प्रधान नेपाली साहित्यमा जता राखे पनि चम्किने साहित्यकार भएको उनको भनाइ छ । उनले सम्मानित आख्यानकारद्धय रसिक र सापकोटाको योगदानको चर्चा गरेका थिए । साथै उनले सहि व्यक्तित्व चयन गरेर सम्मान अर्पण गरिएकोमा खुशी व्यक्त गरे।

यसैगरी कार्यक्रममा स्वर्गिय परशु प्रधानका छोरा वरिष्ठ पत्रकार प्रतिक प्रधानले पिताजीको नाउँमा राखिएको सम्मानको निरन्तरता दिइने बताए । साथै सम्मानको राशि सम्भव भएसम्म आगामी दिनमा बढाउँदै जाने बताए ।

नेपाल स्रष्टा समाजका अध्यक्ष एवं सभाध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले परशु प्रधान अरूलाई पनि अगाडि सार्ने साहित्यकार भएको बताए ।
‘उहाँले कस्तो सिर्जना गर्नुभयो, त्यो भनिरहनुपरेन । तर, आफूले सिर्जना मात्रै गर्नुभएन । ‘हामी आग्रह पूर्वाग्रहविना सम्मान गर्छौ ।‘ उनले अगाडि भने ।

सम्मान अर्पण कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ‘रोदन’को अध्यक्षता एवं सदस्य प्रदीप सापकोटाको सञ्चालनमा भएको थियो । कार्यक्रममा सदस्य शंकर भारतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

०००
– प्रदीप सापकोटाको साैजन्यमा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x