साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रैतीका खासखुस

लाओत्सेकाे कथा जस्ताे तलतिर बगाई माथि माथि खाेज्न जाने नेपालकाे सवाई काले आए गाेरे भन्ने गाेरे आए काले नेपालका कविजस्तै पाेथी देख्ने भाले ।

Nepal Telecom ad

चन्द्रप्रसाद न्याैपाने :

छोरोभन्दा ठिटो बाउ आमाभन्दा छाेरी
छाक टर्ने पकाउँदा गहुँभन्दा ताेरी
भुस बाटी डाेरी बने कुश काटी भुस्सा
घुस्सा हान्दा फ्याउराले हात्ती बने फुस्सा

नेपालको बखान गर्ने अमेरिका बसी
बेलायती मजदूर राष्ट्रवादी बढी
मह खाने अरिङ्गाल दोषी रानीमौरी
बाउ छँदै श्राद्ध गर्छन् तिनै कपाल खौरी

राजाभन्दा निरङ्कूश गणतन्त्र बन्दा
माटाे खन्ने सियाे बन्याे ठुला फालीभन्दा
जाेमसाेमकाे हावाभन्दा अरबकाे पानी
गरममा पिउने गर्छिन् पाेखराकी नानी

उद्योगले भरिएको सिंहदरबार ठाना
माकुरीको जालो काटी घरबुना नाना
सुन चाेरी काली बनी पहेँली र गाेरी
मूर्ति फाेरी हेर्दाखेरि रामभूमि ठाेरी

चिम्पान्जीकाे सभ्यताका राजा बादशाह
एक्काइसौँ युगीनका बन्न थाले आह !
सत्रहजार ज्ञानेन्द्रले गाेली ठाेकी मारे
नामसारी गरी कागज प्रचण्डलाई सारे

जुल्फी काेर्दा प्रचण्डले राजेश हमाल गिर्‍यो
कलाकार फुस्रा भए नेता बन्दा हिराे
पूर्णिमाकाे चन्द्रमामा सूर्यग्रहण छिर्‍यो
त्यसैले त कुलमान भएकाे हाे जिराे

माेटा जुँगा प्रचण्डका सिरुपाते ओली
उखानभन्दा मान्छे ढाल्ने छैन अर्काे गाेली
मान्छे बेच्ने लाइसन आर्जुजीले पाइन्
रक्षा गर्ने पतिदेव घरकै मन्दिर धाइन्

लाओत्सेकाे कथा जस्ताे तलतिर बगाई
माथि माथि खाेज्न जाने नेपालकाे सवाई
काले आए गाेरे भन्ने गाेरे आए काले
नेपालका कविजस्तै पाेथी देख्ने भाले ।

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
लुताे

लुताे

चन्द्रप्रसाद न्याैपाने
तिनी र यिनी

तिनी र यिनी

चन्द्रप्रसाद न्याैपाने
सत्ता

सत्ता

चन्द्रप्रसाद न्याैपाने
कहाँ छ प्रतिशाेध ?

कहाँ छ प्रतिशाेध ?

चन्द्रप्रसाद न्याैपाने
अहंकार

अहंकार

चन्द्रप्रसाद न्याैपाने
नयाँ बिम्ब

नयाँ बिम्ब

चन्द्रप्रसाद न्याैपाने
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x