फित्काैली डटकमवृद्धावस्थाको अवधारणा र बुढाबुढीको वर्गीकरण
सामान्यतया ७५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई उत्तर वृद्धावस्था समूह भनिन्छ । यस उमेर समूहका ज्येष्ठ नागरिकहरूमा विभिन्न क्रियाकलापहरूमा सक्रियता र संलग्ता क्रमशः कम हुँदै जान्छ।

बुढ्याैली विषयका अभियन्ता चट्याङ मास्टरकाे सक्रियता र पहलकदमीले नेपालमा अहिले बुढ्याैली विषय कक्षा ११ काे पाठ्यक्रममा समावेश गरेर पठनपाठनकाे अभ्यास शुरू भएकाे छ । पाठ्यसामग्रीका रूपमा संयाेजित दुइवटा पुस्तक फित्काैलीमा प्राप्त भएका छन् । अस्मिता प्रकाशनबाट प्रकाशित यी पुस्तकका लेखक हुनुहुन्छ चट्याङ मास्टर, प्रकाश गाैतम, डा. बाबुराम अधिकारी, देवीप्रसाद घिमिरे र गीता भट्टराई । लेखकहरूकाे आग्रह र जेष्ठनागरिक प्रतिकाे दायित्वबाेध गर्दै उक्त पुस्तका आधारभूत अंशहरू फित्काैली डटकमले बुढ्याैली साहित्य काेलम अन्तर्गत क्रमश: प्रविष्ट गरिरहेकाे छ । सम्पादक
०००
वृद्धावस्थाको अवधारणा
कुनै पनि देशमा कुनै निश्चित समयमा बसोबास गरिरहेको कुल जनसङ्ख्या मध्ये ६५ वर्ष र सोभन्दा माथि उमेर समूहका जनसङ्ख्याको जनसाङ्ख्यिक अनुपात ७% वा सोभन्दा माथि रहेको पाइन्छ। कुनै कुनै समाज समुदाय वा देशमा बसोबास गरिरहेको जनसङ्ख्यामध्ये ६५ वर्षमाथिको जनसङ्ख्या १४९ वा सोभन्दा माथिसम्म रहेको हुन्छ । यस्तो अवस्थाको जनसङ्ख्या भएको समाज बुढ्यौली समाज वा वृद्ध समाज हो । सामान्यतया पाको उमेरमा आराम गरेर खाने यो समाज व्यवस्थापनको मूल जिम्मा परिवारको हो भने विभिन्न योजनासहितको जिम्मेवारी राज्यको हुन्छ। आजभोलि विश्वमा जन्मदरको अनुपात पट्दो दरमा देखिन्छ । सरदर आयु क्रमशः बढ्दो क्रममा देखिन्छ। पहिले सरदर आयु ६० वर्ष भएका देशहरूमा अहिलेको सरदर आयु ७०-७५ पुगेको देखिन्छ । यसरी हेर्दा कमाइ गर्ने युवाको सङ्ख्याको अनुपातमा आश्रित जनसङ्ख्याको अनुपात वृद्धि हुँदै गएको छ। राज्यले समयमै कुशल रणनीति दीर्घकालीन योजनाको व्यवस्थापन गर्न नसक्नु टाउको दुखाइको विषय बन्न सक्छ । नेपालजस्तो विकासोन्मुख देशमा राष्ट्रिय योजना आयोगले सन् २०१७ मा गरेको अध्ययनलाई आधार मान्दा नेपाल सन् २०२८ सम्ममा बुढ्यौली समाजमा परिवर्तन हुन्छ ।
उक्त समयमा ६० वर्षमाथिका जनसङ्ख्याको अनुपात ७% भन्दा माथि हुनेछ । भने सन् २०५४ सम्ममा ६० वर्षमाथिका बुढ्यौली (पाका) उमेरका मानिसहरूको जनसङ्ख्या १४% भन्दा माथि पुग्ने अनुमान गरिएको छ। यसरी हेर्दा सामान्यतया अरू देशको तुलनामा नेपालमा वृद्धा समान वा बुढ्यौली समाजको वृद्धिदर तीव्र गतिमा बढेको देखिन्छ ।
नेपालमा प्रत्येक २६ वर्षमा यो दर बढ्ने अनुमान गरिएको छ। यो दर जापान जस्तो विकसित देशमा २४ वर्ष छ भने फ्रान्समा ११५ वर्ष र स्विडेनमा ८५ वर्ष रहेको अध्ययनले देखाएको छ।
वैज्ञानिक जीवन पद्धति औषधोपचारको प्रबन्ध, अस्पतात, यातायातको व्यवस्था आदिका काागते दीर्घजीवनलाई सहयोग पुऱ्याएको छ। विकसित देशहरूमा अवकासपछिको योजना सुव्यवस्थित भएकोले त्यति असर नपरे पनि हाम्रोजस्तो देशमा बिना योजनाको यो जनसङ्ख्याले निश्चय नै समस्या निम्त्याउँछ । आजैदेखि चरणबद्ध योजना, बीमायोजना, सुरक्षा योजना, बुढ्यौली योजना व्यवस्थित गर्नु आजको अपरिहार्य आवश्यकता हो । प्रत्येक परका सन्तानहरूलाई पाकाहरूप्रति उत्तरदायी बनाउनु पर्नेमा बिस्तारै टाढिदै गएको अवस्था छ। वृद्धवृद्धाहरू एस्लिंदै गएको अवस्था छ। यो अवस्थामा परिवर्तन र व्यवहारमा परिवर्तन आजको पहिलो आवश्यकता हो ।
बुढाबुढीको वर्गीकरण
मानिस जन्मिएपछि स्वाभाविक एवम् प्राकृतिक रूपमा उमेरका विभिन्न चरण पार गर्दै जान्छन् । सामान्यतया विकासोन्मुख देशहरूमा ६० वर्षको उमेरलाई वृद्धावस्थाको प्रारम्भ बिन्दु मानिन्छ भने विकसित देशहरूमा ६५ वर्ष उमेरलाई वृद्धावस्थाको प्रारम्भ बिन्दु मानिन्छ । यसरी मुद्द्यौली पाका उमेरका नागरिकहरूलाई ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरिन्छ ।
बुढ्यौली तथा स्याहार शिक्षा
ज्येष्ठ नागरिक सम्बन्ध पहिलो विश्व सम्मेलन (१९८२) सयुक्त राष्ट्र सङ्घको बुढ्यौलीर सहरीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (१९९१) तथा नेपालको ज्येष्ठ नागरिक ऐन (२०६३) लाई आधार मान्दा ६० वर्ष वा सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्यालाई ज्येष्ठ नागरिक भनेर परिभाषित गरेको छ।
मानिसको जीवनको उत्तरार्ध बुढ्यौली अवस्था हो। यो अवस्थाको समयावधि लामो, पट्यार लाग्दो । अनिश्चित हुन्छ। बुढ्यौली उमेरमा प्रवेश गरेका नागरिक सबै एकै प्रकारका हुँदैनन्। कोही अत्वने सक्रिय रहन्छन् । ८०-९० वर्षसम्म पनि समाजमा केही न केही गरिरहेका हुन्छन् । सक्रियता, संतमता आदिको आधारमा बुढ्यौली वृद्धा अवस्थालाई दुई भागमा वर्गीकरण गरेर अध्ययन गर्नु राम्रो हुन्छ। ही हुन्ः
१ प्रारम्भिक वृद्धावस्था
मानिसको ६० वर्ष देखि ७४ वर्षसम्मको उमेरलाई प्रारम्भिक वृद्धावस्था भनिन्छ। यो उमेरमा समूहमा ज्येष्ठ नागरिकहरू विभिन्न क्रियाकलापमा सक्रिय रहन्छन् । आफूलाई हरेक कार्यमा संलग्न गराउँछन्। विचारहरू आदानप्रदान, अनुभव साटासाट, मठमन्दिर, पाटीपौवालगायतका सामाजिक कार्यमा सक्रिय देखिन्छन् । यो समूहलाई संलग्नता समूह (Involvement Group) पनि भनिन्छ।
२ उत्तर वृद्धावस्था
सामान्यतया ७५ वर्ष र सोभन्दा माथिको उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई उत्तर वृद्धावस्था समूह भनिन्छ । यस उमेर समूहका ज्येष्ठ नागरिकहरूमा विभिन्न क्रियाकलापहरूमा सक्रियता र संलग्ता क्रमशः कम हुँदै जान्छ। उनीहरूलाई अर्काको संरक्षण र साहाराको आवश्यकता पर्दछ। यो अवस्थालाई संरक्षित समूह (Secured Group) भनिन्छ। यो उमेर समूहका ज्येष्ठ नागरिकहरू अति वृद्धावस्था (Oldest – old) पनि भनिन्छ। उमेर बुद्धिदै गएपछि सक्रिय बुढ्यौली प्रस्तुत गर्दै कोही कोही ९५ देखि १०० वर्षसम्म पनि सक्रिय देखिन्छन् । सामान्यतया (६०-७४) सक्रिय समय हो भने ७५ देखि माथि संरक्षित बुढ्यौली हो।
क्रमश:
०००
बुढ्याैली तथा स्याहार शिक्षा (२०८०)
Subscribe
Login
0 Comments
Oldest











































