साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खै, के भनौँ र ?

यहाँ त सबै रमाइलो छ, झुठो बोल्नेलाई फाइदा छ । सत्यको मुखमा ताल्चा लाग्छ, अनि कसले पो सज्जन मान्छ ? खै, के भनौँ र ? यस्तै छ हाम्रो घर आँखा चिम्लेर बस्नुपर्ने, नत्र लाग्छ डर ।

Nepal Telecom ad

कुलप्रसाद घिमिरे :

यहाँ त सबै उल्टा पाल्टो,
कसले बुझ्‌छ कुन हो सुल्टो वा उल्टो ?
विकासको नारा घन्काउँदै,
आफ्नै गोजी भर्ने पाल्टो।

बोल्नेको मुख थुनिन्छ,
चोर्नेको गुण गुनिन्छ ।
न्यायको त कुरै छोडौं,
अन्यायी नै यहाँ चुनिन्छ ।

सपना देख्छन् गगनको,
काम गर्छन् भुइँको लगनको ।
आफ्नै छायाँ देख्दा डराउँछन्,
आशा गर्छन् सुनको बगनको ।

शिक्षाको व्यापार चलेको छ,
स्वास्थ्यको ढोका थलेको छ ।
मानवताको पर्खाल भत्कियो,
स्वार्थको महल ढलेको छ ।

सडकमा जामको हाल,
नेताजीको आलिसान चाल ।
जनतालाई दुःखको भार,
देशको यो कस्तो हो चाल ?

संस्कृति हराउँदै गयो,
पश्चिमी हावा बताउँदै गयो ।
आफ्नो पहिचान बिर्सियौँ,
अरूको नक्कल सिकाउँदै गयो ।

यहाँ त सबै रमाइलो छ,
झुठो बोल्नेलाई फाइदा छ ।
सत्यको मुखमा ताल्चा लाग्छ,
अनि कसले पो सज्जन मान्छ ?

खै, के भनौँ र ?
यस्तै छ हाम्रो घर
आँखा चिम्लेर बस्नुपर्ने,
नत्र लाग्छ डर ।

०००
सिद्धिचरण न पा- ७, बिगुटार, ओखलढुङ्गा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भोट, भोज र बलिदान

भोट, भोज र बलिदान

कुलप्रसाद घिमिरे
बालराम र वृद्धाराम

बालराम र वृद्धाराम

कुलप्रसाद घिमिरे
आवरण र आत्माको धुलो

आवरण र आत्माको धुलो

कुलप्रसाद घिमिरे
सुधार केन्द्रका नेताहरू

सुधार केन्द्रका नेताहरू

कुलप्रसाद घिमिरे
सपनाको खेती र भोको पेट

सपनाको खेती र भोको...

कुलप्रसाद घिमिरे
अक्षरको भोक

अक्षरको भोक

कुलप्रसाद घिमिरे
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x