फित्काैली डटकमअभिनव विष्णुचन्द्र गद्य कविता पुरस्कार अर्पण र कवि गोष्ठी
यस वर्षको उक्त पुरस्कारले बुद्धिसागर पौड्याललाई दश हजार नगद सहित सम्मानित गरेको हो । प्रमुख अतिथि प्राध्यापक तथा पत्रकार एवं साहित्यकार श्री पुरुषोत्तम दाहाल हुनुहुन्थ्याे ।

काठमाडौं, २०८२ जेठ ३१ । अभिनव साहित्य समाजको भैरव स्मृति भवनमा आयोजित कार्यक्रममा २८० आैं मासिक शृङ्खलाअन्तर्गत गृष्म कवि गोष्ठी र अभिनव विष्णुचन्द्र वर्षोत्कृष्ट गद्य कविता पुरस्कार समर्पण गरेको छ ।
यस वर्षको उक्त पुरस्कारले बुद्धिसागर पौड्याललाई दश हजार नगद सहित सम्मानित गरेको हो । प्रमुख अतिथि प्राध्यापक तथा पत्रकार एवं साहित्यकार श्री पुरुषोत्तम दाहालले आफ्नो मन्तव्यमा विद्यार्थी तथा अन्य कविकवयित्रीलाई लेख्नको लागि उत्प्रेरित गर्दै सम्मान तथा पुरस्कारहरू प्रदान गर्नुभएको थियो ।
सभाका सभापतित्व विमल अर्यालले गर्नुभएको कार्यक्रममा विशेष अतिथिहरूमा शीतल गिरी, आर.सी. रिजाल, ध्र्रुव थापा, प्रदीपरत्न शाक्य, श्रीकृष्ण पुडासैनी मधुसूदन घिमिरे, खोलाघरे साहिँलो, गङ्गाप्रसाद भेटवाल, निर्मलरमण पराजुली आदि रहनुभएको थियो ।
समाजका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले कार्यक्रमको विषयमा संक्षिप्त प्रकाश पार्दै वाचित कविताहरुको छोटकरी टिप्पणीको साथै क्रिष्टोफर कार्की, सरिता दुलाल, संगीता गजुरेल, गीता खनाल र दिवाकर नेउपानेलाई प्रोत्साहन पुरस्कारको लागि सिफारिस गर्नुभएको थियो ।
स्वागत मन्तव्य घनश्याम प्रसाई, उद्घोषण बी.पी. इलामे, व्यवस्थापन नवराज पुडासैनीले गर्नु भएको थियो । सृजना वाचन गर्नेहरुमा महेश्वर खनाल, गङ्गाप्रसाद भेटवाल, सुशील आचार्य, राजेशमान के.सी, आरकेएन् खडेरी, सुशील आचार्य, ठाकुप्रसाद खतिवडा, ओमप्रसाद कोइराला, भावना नेउपाने, सुमन किरण, बद्रीप्रसाद सुवेदी, निशा के.सी., ऋचा, सपना अधिकारी, बाजुराम पौडेल, हरि डाँगीलगायत ४० जनाभन्दा बढी रहनुभएको थियो ।
यसैगरी मुक्तक लेखन तथा वाचन प्रतियोगितामा सहभागी विद्यार्थीहरुमा सुशान्त कोइराला सरस्वती मा.वि. प्रथम,समृद्धि श्रेष्ठ उत्तरवाहिनी बोर्डिङ्ग स्कुल द्वितीय, अंंशु कशजु श्रेष्ठ अरुणोदय मा.वि. तृतीय, सोनिया पौडेल गोकर्णेश्वर महादेव मा.वि. तृतीय र श्रीषा बर्तौला इष्ट पोल मा.वि. तृतीय हुनुभएको थियो ।
अन्य सहभागीहरुमा सौरमी तिवारी इष्ट पोल, रोशिका भण्डारी इष्टपोल, ऋदम दोगोडा, सपना विश्वकर्मा, आङसी तामाङ र प्रिउसा परियार विद्यामठ, स्नेहा राई नव अरुणिमा, एनोरयिा तामाङ र प्रशान्त तिमल्सिना पर्ल्स मा.वि, सुस्मिता न्यौपाने, सोना खनाल, रिदिमा खतिवडा र सोनिया पौडेल, गोकर्णेश्वर महादेव, स्मारिका कार्की र इश्मानी कार्की सुसंस्कार, जानकी साह र रानी चौधरी विद्या सागर, एलिशा देवान र निमा शेर्पा उत्तर वाहिनी, अन्तरा यादव, जिया दुलाल, साइन्स राई र रिदम वि.क, त्रिकोण स्कुल रहनुभएको थियो ।
शिक्षक तथा शिक्षिका प्रतिनिधिहरुमा राजभाइ धौगोडा, पार्वती रावत, संजीव श्रेष्ठ, निश्चल तामाङ, प्रेमा भट्टराई, सीता देवकोटा, पार्वती अधिकारी, प्रार्थना खनाल जोशी प्रमोद कुमार भण्डारी, राजकुमार नगरकोटी आदि रहनुभएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest










































