साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रेणुका श्रेष्ठको ‘भावनाका लहरहरू’ लोकार्पित

कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ, दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मनतव्य राख्नुभयो।

Nepal Telecom ad

काठमाडौँ। २०८२ असार १ । ओखलढुङ्गाका कवयित्री रेणुका श्रेष्ठद्वारा रचित ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रहको लोकार्पण प्रमुख अथिति, नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको छ ।

प्राज्ञ धमलाले ‘भावनाका लहरहरू’मा समाज भनेको विविधताको सौन्दर्य हो ।कृतिले बालबालिकाको बालमनोविज्ञानलाई आत्मसात् गर्दै उत्साह प्रदान गरेको उल्लेख गर्नुभयो। कृति समाजका साहित्यिक, सांस्कृतिक र सामाजिक लगायतका पक्षमा बालबालिकाको भावनाअनुरूप चित्रित भएको कुरा ललितपुरको इमाडोलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि धमलाले बताएका हुन् । उनले ‘भावनाका लहरहरू’ बालकविता सङ्ग्रह बालबालिकाका लागि उपयोगी ,सरल र सटीक रहेको बताए।कवयित्री रेणुका श्रेष्ठको पहिलो कृति नै विधागत रूपमा स्तरीय रहेको उनले बताए ।

कार्यक्रममा अतिथि स्रष्टाहरू गणेशकुमार श्रेष्ठ, दिव्यदेव गिरी र गोपाल भित्रीकोटीले शुभकामना मनतव्य राख्नुभयो।

कार्यक्रमका सभाध्यक्ष तथा भावनाका लहरहरू बालकविता सङ्ग्रहका सर्जक रेणुका श्रेष्ठले आफूले बालबालिकाको मनोभावनाअनुसार कविता रच्ने प्रयत्न गरेको बताउनुभयो। श्रेष्ठले आफ्ना पिता साहित्यकार बाबुराम श्रेष्ठ र उपन्यासकार बहिनी पार्वती श्रेष्ठको प्रभाव र प्रेरणाले कविता लेखनको थालनी गरेको बताइन्।

भावनाका लहरहरूमाथि साङ्गोपाङ्गो कृति समीक्षा कवि पार्थिवराज पाण्डेले गर्नुभयो । कार्यक्रममा स्वागत मनतव्य उपन्यासकार पार्वती श्रेष्ठले राख्नुभयो।

यसैगरी सटीक रूपमा कार्यक्रमको सञ्चालन ओखलढुङ्गा पत्रकार समाजका सदस्य, आदर्श खबर मासिकका सञ्चालक टीकादास श्रेष्ठले गर्नुभयो ।

उक्त कृतिको प्रकाशन समाजसेवी गोपालकुमार श्रेष्ठले गरेका हुन् । शिक्षण पेसामा आबद्ध कवयित्री रेणुका श्रेष्ठको उक्त कृति पहिलो हो।

०००
टीकादास श्रेष्ठद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x