साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नखुस्क्योस् बुढाको कतैबाट कट्टु

नआउन् कुनै व्यक्ति औँलाठड्याई लियो भन्न उत्कोच लाखौँ ढड्याई विदेशी कसैको बन्यो भन्न टट्टु नखुस्क्योस् बुढाको कतैबाट कट्टु॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

सबै देख्न पाइन्न आदर्श मान्छे
यहाँ छन् सयौँ खन्चुरा हेर भान्छे
नहुन् देश मारा कुनै वृद्ध चट्टु
नखुस्क्योस् बुढाको कतैबाट कट्टु॥१

सदाचार गर्ने बनुन् मित्र साथी
कसैनिम्ति कोही नहुन् भ्रष्ट घाती
नहुन् आम मान्छे कुनै क्रूर छट्टु
नखुस्क्योस् बुढाको कतैबाट कट्टु॥२

छिमेकी सबैले गरुन् मान भारी
पुराना सबै कार्य राम्रा सकारी
बसुन् रामलीला सुनाएर पट्टु
नखुस्क्योस् बुढाको कतैबाट कट्टु॥३

लिउन् भाइ छोरा समाई गृहस्थी
सबै काम छोडुन् लिई धेर मस्ती
नराखुन् सधैँ काँधमा भार घट्टु
नखुस्क्योस् बुढाको कतैबाट कट्टु॥४

ठुलो बन्न नेता गरे काम धेर
बसे वर्ष ज्यादा बनी मत्त शेर
नपाउन् कसैले खुला भन्न भट्टु
नखुस्क्योस् बुढाको कतैबाट कट्टु॥५

नआउन् कुनै व्यक्ति औँलाठड्याई
लियो भन्न उत्कोच लाखौँ ढड्याई
विदेशी कसैको बन्यो भन्न टट्टु
नखुस्क्योस् बुढाको कतैबाट कट्टु॥६

श्ब्दार्थ:
(चट्टु-चलाक, छट्टु-छली कपटी, पट्टु-सुगा,
घट्टु- घट्ट बोझ, भट्टु- लबार लफुङ्गो, टट्टु-सानो घोडा)

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

रामशरण न्याैपाने
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x