फित्काैली डटकमडा. गाेविन्दराज भट्टराईको ‘नयाँ भुटानको छायाँ चित्र’माथि विमर्श
कार्यक्रम प्रा.डा. तुलसीप्रसाद भट्टराईको सभापतित्वमा र प्रा.डा. ज्ञानु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे । कृतिमाथि हेमचन्द्र नेपालले विशेष समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे ।

काठमाडौं, २०८२ असार २२ । नेपाली साहित्यका विद्वान तथा समीक्षक प्रा.डा. गोविन्दराज भट्टराईद्वारा लिखित ८०औँ कृति ‘नयाँ भुटानको छायाँ चित्र’ (यात्रा संस्मरण) माथिको विमर्श कार्यक्रम काठमाडौंको ग्रिनलिफ रेष्टुरेन्टमा सम्पन्न भएको छ ।
कार्यक्रम प्रा.डा. तुलसीप्रसाद भट्टराईको सभापतित्वमा र प्रा.डा. ज्ञानु पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे थियाे ।
कृतिमाथि हेमचन्द्र नेपालले विशेष समीक्षा प्रस्तुत गर्नुभएकाे थियाे भने प्रा.डा. कुमारप्रसाद कोइराला, अनुवादक टेकनारायण ढकाल, लेखिकाद्वय अनिता कोइराला र अनिता पन्थी, पत्रकार लक्ष्मण वियोगी र साहित्यकार शान्ति रिसालले समीक्षात्मक टिप्पणी राख्नुभएकाे थियाे ।
विमर्शका क्रममा प्रमुख अतिथि पाण्डेले कृतिको महत्वमाथि चर्चा गर्दै यसले भुटानबाट निर्वासित नेपाली समुदायको पीडा र विश्वव्यापी यात्रा अनुभवलाई उजागर गरेको बताउनुभयाे । कार्यक्रममा दिव्य गिरी, श्रीओम श्रेष्ठ, अश्विनी कोइराला लगायतले लेखकलाई शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।
भट्टराईको यो कृति ‘मुग्लान’ र ‘नयाँ मुग्लान’ पछिको तेस्रो महत्वपूर्ण कृति हो, जसमा भुटानी शरणार्थीको नेपालदेखि विश्वका ८/९ देशसम्मको संघर्ष र अनुभवलाई समेटिएको छ ।
कार्यक्रमको सञ्चालन हरि गौतमले गर्नुभएकाे थियाे ।
०००
Subscribe
Login
0 Comments
Oldest






































