साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के बन्दछन् वृद्ध यी

खान्छन् घुस सिधै बिनाघुस यहाँ सर्दैन सिन्को पनि रैती यी अब ता बनेर जनता गर्लान् कि केही भनी के राखौँ अब सोच दृष्टि तिनका छन् टालिएका गति बोल्दा मर्म बुझेन दुख्तछ जगत् के बन्दछन् वृद्ध यी ।।

Nepal Telecom ad

कविराज घिमिरे :

सत्ता लम्पटमा हुरुक्कसँगले लाग्छन् उज्यालो नभै
खस्ता र्‍याल सिँगान भिज्छ कपडा छि: छि: गनायो सबै
मेचीदेखि सुदूर पश्चिम घुमौँ हुन्छन् यिनै लालची
आफ्नोमात्र भुँडी भरेर रहने के बन्दछन् वृद्ध यी ।।१

सालो मेयर बन्नुपर्छ निजको साली हुने तस्कर
थुन्ने काम हुँदैन शक्ति भरमा को बोल्न पो सक्छ र ?
पत्नी छिन् खुब दाम आउँछ कहाँ मन्त्री भएकी खडी
यस्ता कर्म गराउँछन् यदि भने के बन्दछन् वृद्ध यी ।।२

भ्रष्टाचार गराउँछन् तलतलै बाटो मिलाईकन
राखेका कति छन् विदेश घरमा कुम्लो बनाई धन
राम्रा व्यक्ति भगाउँछन् सकल ती आफ्न्त भर्ती गरी
उल्टो सोच दिमागमा छ जहिल्यै के बन्दछन् वृद्ध यी ।।३

आफ्नोलागि समृद्ध बन्नु कसरी बेमाख पारी अरू
राख्छन् मोह यही लिएर सपना बिर्सेर सारा अरू
चम्चेका भरमा परेर जसले लुट्तै छ पाएजति
आफ्नो स्वार्थ सिवाय छैन मनमा के बन्दछन् वृद्ध यी ।।४

खान्छन् घुस सिधै बिनाघुस यहाँ सर्दैन सिन्को पनि
रैती यी अब ता बनेर जनता गर्लान् कि केही भनी
के राखौँ अब सोच दृष्टि तिनका छन् टालिएका गति
बोल्दा मर्म बुझेन दुख्तछ जगत् के बन्दछन् वृद्ध यी ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x