साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चार ठोक्तक

खै, के दोष हलोलाई गोररु नै बाङ्गिएपछि खै, के दोष अरूलाई मूली नै नाङ्गिएपछि त्यस वृक्षको असामयिक मृत्यु निश्चित छ हाँगाहाँगामा परजीवी ऐजेरू झ्याङ्गिएपछि ।

Nepal Telecom ad

रमेश समर्थन :

१.
यो त्यो देश हो जहाँ दैत्यलाई पनि देवता मानिन्छ
बेइमानहरूको समूहबाट अब्वल बेइमान छानिन्छ
विद्यार्थी तुइनबाट खस्छन् आमाहरू बाटामै मर्छन्‌
तर मन्दिर जानका लागि भने केबुलकार तानिन्छ ।

२.
केटाकेटी खेल्न पाउँदैनन् अचेल आँगनमा गट्टाहरू
बुढाहरू पिँढीमा बसेर गफिन पाउन्नन् गरेर ठट्टाहरू
रोकिदिने छेकिदिने कोही नभएपछि यो देशलाई
मसानघाट बनाएर वीभत्स नृत्य गर्दै छन् मुर्कट्टाहरू ।

३.
खै, के दोष हलोलाई गोररु नै बाङ्गिएपछि
खै, के दोष अरूलाई मूली नै नाङ्गिएपछि
त्यस वृक्षको असामयिक मृत्यु निश्चित छ
हाँगाहाँगामा परजीवी ऐजेरू झ्याङ्गिएपछि ।

४.
मालिकले सोच्दैन श्रमिकको पेटमा अन्न गयो कि गएन
म भोको छु भन्दै श्रमिक मालिकलाई भन्न गयो कि गएन
श्रमिकको पेट होइन, आफ्नो खेतको पिर हुन्छ मालिकलाई
ऊ त सोच्छ, आज कामदार जोत्न वा खन्न गयो कि गएन ।

०००
रुपन्देही
प्रकाशाेन्मुख  मुक्तकसङ्ग्रह ‘बदनाम आँचल’ (२०८२)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोकान

चार ठोकान

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रमेश समर्थन
चार ठाेक्तक

चार ठाेक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x