साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छन्दमञ्जरीको छन्दकविता वाचन १३९ औँ शृङ्खला सम्पन्न

कवि पुरुषोत्तम सिग्देल मियो र विशिष्ट अतिथिः नरनाथ लुइँटेल रहनु भएको तथा कवि टङ्कराज ढकालले सञ्चालन गर्नुभएको यस कार्यक्रममा कवि ढकालले काव्यार्चना आरम्भ हुनुअघि छन्दउत्त्पत्तिसँग जोडिएको पिङ्गल सर्प र गरुडको प्रासङ्गिक कथा सुनाउनुभयो ।

Nepal Telecom ad

काठमाडाैं, २०८२ साउन १० । छन्दमञ्जरीको नियमित तथा विशेष कार्यक्रमको रूपमा १३९ औँ शृङ्खला एक आकर्षक कार्यक्रमबीच प्रविधिमैत्री ढङ्गले सम्पन्न भएको छ ।

कवि पुरुषोत्तम सिग्देल मियो र विशिष्ट अतिथिः नरनाथ लुइँटेल रहनु भएको तथा कवि टङ्कराज ढकालले सञ्चालन गर्नुभएको यस कार्यक्रममा कवि ढकालले काव्यार्चना आरम्भ हुनुअघि छन्दउत्त्पत्तिसँग जोडिएको पिङ्गल सर्प र गरुडको प्रासङ्गिक कथा सुनाउनुभएको थियो ।

कविता वाचनको आरम्भ भने कवि मुरारी रायमाझीको शार्दूलविक्रीडित छन्दमा विरचित साउन शीर्षकको कविताबाट भएको थियो । कवि तथा कार्यक्रमका परिकल्पनाकार हरि खनालले ‘साउन’ शीर्षकमा अनुष्टुप् छन्दमा विरचित कविता प्रस्तुत गर्नुभयो । काव्यर्चनाको तेस्रो हारमा उभिनुभएको थियो कवि डा सिता सुवेदी । उहाँले ‘श्रावणी ज्योति छर्छिन्’ शीर्षकमा विरचित कविता वाचन गर्नुभयो ।

कवि तथा कार्यक्रमका मियो पुरुषोत्तम सिग्देलले साउन महिनालाई केन्द्र बनाएर रचना गर्नुभएको चारु सुनाउनुभयो । कवि तथा यस शृङ्खलाका मियो हरिप्रसाद चौलागाईँले ‘वर्षा’ शीर्षकमा वंशस्थ छन्दमा विरचित कविता सुनाउनुभयो । कवि चौलागाईँको वाचित कविता उपर कवि हरि खनालले टिप्पणी गर्नुभएको थियो ।

कवि जगदीश्वर पोख्रेलले ‘साउन’ शीर्षकको अनुष्टुप् छन्दमा सिर्जित कविता प्रस्तुत गर्नुभयो । कवि उत्तम विचार भेटवालले ‘साउने गान’ शीर्षकको अनुष्टूप छन्दमा विरचित कविता प्रस्तुत गर्नुभएको थियो ।

कवि तथा यस शृङ्खलाका विशिष्ट अतिथि नरनाथ लुइँटेलले छन्दमञ्जरीको कार्यक्रमले छन्दलेखनमा बेजोड प्रवाह ल्याएको विचार व्यक्त गर्दै सवाई छन्दमा विरचित ‘हेर तिन्का झोले’ शीर्षकको कविता प्रस्तुत गर्नुभयो ।

कवि त्रिलोचन आचार्यले हरियो रङ्ले लेख्छु शीर्षकमा अनुष्टुप् छन्दमा विरचित कविता प्रस्तुत गर्नुभएको थियो । कवि चन्द्रावति अधिकारीले ‘गुहार’ शीर्षकको इन्द्रबज्रा छन्दमा विन्यास भएको कविता वाचन गर्नुभएको थियो । कवि दुर्गा रिमाल अधिकारीले गुरु शीर्षकमा इन्द्रबज्रा छन्दमै विरचित कविता प्रस्तुत गर्नुभएको थियो ।

कवि तथा कार्यक्रम सञ्चालक टङ्कराज ढकालले लोक भुजङ्गप्रयात र अनुष्टुप छन्दमा विरचित साउन शीर्षकको कविता वाचन गर्नुभयो ।

मियोको भूमिकामा रहनुभएका कवि पुरुषोत्तम सिग्देलले कार्यक्रम अत्यन्त प्रभावकारी ढङ्गले सम्पन्न भएको र कविहरूले आआफ्ना कविताको क्यानभासमा साउन महिनालाई प्रभावकारी ढङ्गले चित्रित गर्नुभएको विचार व्यक्त गर्नुभयो । उहाँले वाचित सबै कविताको सारगर्भित सारांश पनि सुनाउनुभएको थियो साथै कवि सिग्देलले उत्कृष्ट कविता लेखनका सम्बन्धमा कवि शिरोमणि लेखनाथ पौडेलको काव्यांश पनि सुनाउनुभयो ।

कवि हरि खनालले आगामी १४० औँ शृङ्खलामा शास्त्रीय छन्दमा सिर्जना हुने कविताहरू ‘संस्कार शाकार होस् र ‘ सभ्यता चम्कियोस्’ गरी दुई समस्या पूर्तिमा रहेर लेखन गर्ने र लोकछन्दमा रचना हुने कविताहरू संस्कार तथा संस्कृतिसँग सम्बन्धित भावमा लेखन गर्ने प्रस्ताव राख्नुभयो भने काव्यसभालाई त्यसलाई अनुमोदन गर्‍यो । छन्दमञ्जरी सबै आदरणीय स्रष्टाहरूप्रति हार्दिक आभार प्रकट गर्दै शुभेच्छुकहरूमा हार्दिक धन्यवाद अर्पण गर्दछ ।

०००
समाचार साैजन्य : हरि खनाल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x